
२८ भदौ, काठमाडौँ । डिफेन्डिङ च्याम्पियन्स रियल म्याड्रिडले आज राती साईप्रसको क्लब एपोलीलाई घरेलु मैदानमा निम्त्याउदै आफ्नो च्याम्पियनस लिगको यात्रा सुरु गर्दै छ । निरन्तर दुई पटक सम्म उपाधि जितेको रियलले लगातार तेस्रो वर्ष समेत उपाधि जित्ने आशाका साथ मैदानमा उत्रिने छ । समुह ‘एच’ मा रहेको रियलले एपोली सँगै बोरुसिया डर्टमन्ड, र टोटेन्हामको सामना गर्ने छ ।
कुन क्लबसँग कस्तो प्रर्दशनको अपेक्षा ?
एपोली
साईप्रसको क्लब एपोली समहुकै कमजोर प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कमजोर घरेलु लिगको कारण पनि एपोलीलाई समुहकै कमजोर प्रतिस्पर्धीको रुपमा लिन सकिन्छ ।
युरोपमा खासै अनुभव नभएको कारण पनि एपोलीलाई कमजोर प्रतिस्पर्धी मान्न् सकिन्छ । तर्सथ एपोलीसँगको खेललाई सहज मान्न सकिन्छ ।
टोटेन्ह्याम
प्रिमियर लिगको उपविजेता टोली टोटेनह्यामले घरेलु लिगमा राम्रो प्रदृशन गरेतापनि च्याम्पियन्स लिगमा भने खास्र राम्रो प्रर्दशन गरेको देखिदैन् । तथापी टोटेन्ह्यामसँग विश्वस्तरीय खेलाडीको बाहुल्यता रहेको छ । हेरी केन, डेले अल्ली, एरिक्सन जस्ता खेलाडीहरुले निकै राम्रो प्रर्दशन गर्दै आएका छन् । तर्सथ टोटेन्ह्यामलाई बलियो प्रतिस्पर्धीको रुपमा लिन सकिन्छ ।
बोरुसिया डर्टमन्ड
जर्मन क्लब बोरुसिया डर्टमन्डले चयामिपयन्स लिगमा राम्रो प्रर्दशन गर्दै आएको छ । गत सिजन पनि रियल म्याड्रिडकै समुहमा रहेको जर्मन टोली डर्टमन्डले रियललाई पछि पार्दै समुहको विजेता बनेको थियो । अझ जर्मन टोलीलले सन् २०१३ को च्यामिप्यन्स लिगको क्वार्टरफाईनलमा रियलको पोष्टमा पाँच गोल बर्साएको थियो । तर्सथ डर्टमन्डलाई समुहकै कठिन प्रतिस्पर्धी मान्न सकिन्छ ।