Logo
२२ माघ २०७९, आईतवार
     Sun Feb 5 2023
E-paper
  English Edition
   Unicode
Logo

ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै



 २८ भदौ, काठमाडौँ। “गाउँमा महिलाले घाँस काट्छन्, गाईभैँसीको दूध दुहन्छन्, दूध बेचेर पैसा ल्याउँछन्, अनि त्यो पैसा पुरुषलाई दिन्छन् तर, खर्च पुरुषको तजबिजीमा हुन्छ”– राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरे भन्नुहुन्छ, “लोकतन्त्र ल्याउन हामी महिलाको पनि उत्तिकै भूमिका छ, त्यसैले परिवर्तनको अनुभूति दिलाउन महिलालाई सबै क्षेत्रमा अधिकारको उपभोग गराउनुपर्छ ।”

यस्तो विभेदपूर्ण व्यवहार अन्त्यका लागि ग्रामीण महिलासम्बन्धी नीतिको आवश्यकता लामो समयदेखि बहसको विषय बनेपनि अहिलेसम्म जारी हुन नसकेको सन्दर्भमा उक्त नीतिको मस्यौदा ग्रहण गर्दै कावा अध्यक्ष घिमिरेले महिला र पुरुषको समविकासबिना समृद्ध नेपालको परिकल्पना पूरा नहुने बताउनुभयो ।

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुले ग्रामीण महिलासम्बन्धी नीतिको मस्यौदा आज आयोगसमक्ष हस्तान्तरण गरेका थिए । कावा अध्यक्ष घिमिरेलाई मस्यौदाको तयारीमा संलग्न संस्थाहरुका तर्फबाट प्रेरणा संस्थाका कार्यकारी निर्देशक बिमला घिमिरेले मस्यौदा हस्तान्तरण गर्नुभएको हो । नेपालका करिब दुई तिहाइ महिला ग्रामीण क्षेत्रमा भौतिक संरचनात्मक विकास र आधारभूत सेवा सुविधाबाट टाढा छन् र उनीहरु कृषिमा आधारित पेशा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका छन् । यिनै विषयलाई समेटेर सो नीतिको मस्यौदा तयार गरिएको हो ।

महिला अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन र दिगो विकास लक्ष्यका सवाल पनि नीतिमा समेटिएको छ । हाल नेपालमा करिब ८० प्रतिशत ग्रामीण महिला कृषिमा निर्भर छन् ।

सो नीतिका परामर्शदाता रत्नकाजी बज्राचार्यका अनुसार ग्रामीण महिलाका अधिकार व्यावहारिकरुपमा स्थापित गर्न लक्ष्य र रणनीतिहरु समेत सुझाइएको बताउनुभयो ।

उक्त मस्यौदा राष्ट्रिय महिला अधिकार मञ्च र प्रेरणाको प्राविधिक सहयोग तथा आयोगको संयोजकत्वमा भूमि अधिकार मञ्च, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, एक्सन एड नेपाल, सञ्चारिका समूह, रुओन, कृषिका लागि खाद्य अभियान, सामुदायिक सूचना सञ्जाल र विन सहकारीका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो ।

अध्यक्ष घिमिरेले ग्रामीण महिलाको समग्र विकास र हितका लागि सो मस्यौदाको कार्यान्वयन आवश्यक भएकाले थप अध्ययन र परिमार्जन गरी नेपाल सरकारसमक्ष सिफारिस गर्ने बताउनुभयो ।

आयोगका सचिव तुल्सीराम सेढाइँले सो नीति तयार हुनु महत्वपूर्ण उपलब्धि भएकाले अब यसलाई आयोगले अघि बढाउने विश्वास दिलाउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक

संगम संगीत,महालक्ष्मी न.पा- ४ चानुवा,धनकुटा । नेपालीहरुको अस्तित्वनै धरापमा राखेर हाम्रा खोलानाला,नदीलाई बिदेशीको सामु