
२९ भदौ, एजेन्सी । च्याम्पियन्स लिगमा रियल म्याड्रीड ले सुरुआती जित निकालेको छ ।
आफ्नै घरेलु मैदान सान्टिएगो बर्नेबाउमा भएको खेलमा रियलले एपोलीलाई ३-० गोल अन्तरले हराएको हो ।
रियलको जितमा पोर्चुगिज फर्वाड रोनाल्डोले २ तथा सर्जिओ रामोशले एक गोल गरेका हुन् । लालिगामा प्रतिबन्ध खेपिरहेका रोनाल्डोले च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्दै रियललाई सुरुआती जित दिलाएका छन् । जित सँगै रियल समूह एच को शिर्ष स्थानमा रहेको छ । सोही समुहकै खेलमा टोटेन्ह्यामले वोरुस्सिया डर्ट्मन्डलाई ३-१ गोल अन्तरले हराएको भएपनि गोल अन्तरको आधारमा रियल शिर्ष स्थानमा उक्लिएको हो ।