back

नयाँ शक्तिका १९ महिना, माओवादी सिध्याउने योजना देखे

वि.सं.२०७४ भदौ २९ बिहीवार

96 

shares
NTC AD
Global IME AD

b.b-kharal

बाबुराम दाइ हामी त पुराना भयौ भन्नू भयो । आरोप लगाउनु भयो हाम्रो प्रश्न तपाईं कति नयाँ ? तपाइकै काल खण्डमा तपाईं कति वटा पार्टीमा बसेर काम गर्नु भयो ? त्यो अहिलका नामधारी नयाँलाई बताइदिनुस न ! अनि तपाईं मोहन बिक्रम सिंह हुँदै कार्यगत एकता गर्दै ध्रुवीकरण हुँदै सयुक्त जनमोर्चाको नेतृत्वमा बहुदलीय ब्यबस्था आएपछी निर्वाचनमा जानुभयो । त्यसले सहि परिणाम न आएपछि फेरि जनयुद्धको तयारी गर्दै माओवादी पार्टीको सत्ता प्रमुख बन्नु भयो र अहिले फेरि नयाँ शक्ति । यी सब काल खण्डमा तपाइको मार्गमा लागेर १७ हजार सहिद भए । मेरो प्रश्न हामी हिजो जुन पहिचानमा थियौ त्यहि पहिचानमा बसेर गतिशील बन्न चाहन्छौ र समयले गतिशील बनाएको छ ।
राजनीति पनि आफैमा एक कोर्स हो । त्यसैले हामिले त्यो कोर्सको अध्यन मात्रै होइन प्रयोगशालामा प्रयोग गरेर आएका हस्ती पनि हौ । त्यसैले हाम्रो प्रश्न के माओवादी बिरुद्ध हजुरले पार्टी निर्माण गर्न लाग्नु भएको हो ? आखिर के कारण हो तपाइ माओवादी बिरुद्ध लाग्नु भयो सार्बजनिक गरिदिए आभारी हुने थियौ । हिजो सिंगापुर स्विटजरल्याण्डको नागरिक बनाउनु भयो, अब कुन देशको बनाउने हो बताइदिए आभारी हुने थिए । साथै हजुरका नामधारी पन्चदेखि कांग्रेस एमाले बाट आएका, तपाइले शुरु गर्दा जनयुद्धका दुश्मन हिजोको सेना प्रहरी र भगौडा सेना कसरी नयाँ भए र हामि कसरी पुरानो भयौ ? तपाईं र कम्रेड प्रचण्ड बिच नेतृत्वबारे एक अर्कालाइ सिध्याउन सम्म पछि पर्नु भएन । आज त्यही नेतृत्वकै कारण तपाईं माओवादी विरुद्ध लाग्नु भाको हो र ? कि बाह्य शक्तिका कारण हुन ।
बिगत १९ महिना हजुरको नयाँ बिचारलाई पनि हृदयदेखि साथ दिएर लागियो । तर केही भएन, नामको मात्रै नयाँ र समृद्धिको कुरा गरियो तर उल्टो कार्यकर्ताको गोजिको भएको पैसा रकम सिध्याउने काम गरियो । हजुरको आर्थिक क्रान्तिमा कति कार्यकर्ताहरु समृद्ध भए ? कति बेरोजगारले रोजगारी पाए ? जनताको प्रति ब्यक्ती आय कति प्रतिशतले वृद्धि भयो ? तपाइ बौद्धिक व्यक्तित्व र देशलाइ चाहिने नेतामा तपाईं पनि एक हो । तर, नेता भनेको जनता र कार्यकर्ता बिचको अन्तर घुलन तत्व हो । र संगठन निर्माण बिना शक्ति निर्माण हुदैन यी सबै गराउने क्षमता तपाइमा पाइएन त्यसैले तपाईं अहिलेको २१ औ सताब्दिमा नेपाली राजनीति भित्रको ‘लाटो नेताको गाणो तन्देरी’ नेता हो ।

आजको युगमा नेपाली युवाहरुको चेतना, उनीहरुको सोँच बिचारलाई तपाइको बिचारले माग पूर्ति गर्न सक्दैन सक्छ त मात्रै तपाइबाट युवाले चाहेको देशमै भए पनि रोजगार पाउ देशमै गरि खान पाउ भन्ने धेरै सपना मध्य यो एक हो । तर, नेपाली युवाहरु कति बिकसित र चेतनशिल भएका छन कि देश छोडेर बिदेशमा संघर्स गरेर भए पनि देशको अर्थतन्त्र र नेता पाल्दिएका छन त्यसैले उनीहरुको देशको अर्थतन्त्र र नेता पालिदिने उनिहरुको नयाँ कि तपाईं ६३ बर्ष को नेपाली मृत्युदरको हिसाबले रिटायर्ड नयाँ युवा ? यसको उत्तर पाउन सकिन्छ ?

गरिबी र बेरोजगारी हाम्रो समस्या हुन । तर बिचारबाट नेपाली युवाको अगाडि तपाईं कसरी नयाँ बन्न सक्नु हुन्छ त्यसको आधारित उत्तर दिन सक्नु हन्छ ? हाम्रा समस्या अहिले रोजगारी मात्रै होइन हामी युवाहरु २१ औंं सताब्दिमा बिकसित राष्ट्रहरुका बैज्ञानिक, खेलाडी,कलाकरिता,आफ्नो नयाँ सोचको प्रतिभा र नयाँ प्रस्तुति सहित हाम्रा युवाहरुले पनि खोज तलास र भू–उपग्रहहरुको निर्माण गर्दै अन्तरीक्षमा पनि आफ्नो उपस्तिथि देखाउनु पनि हो । बिश्व बजारमा medium nepal नयाँ नयाँ brand उत्पादन गरेर बिश्व अर्थतन्त्रमा आफ्नो पहुच पुराउनु पनि हाम्रा सपना छन । साथै हाम्रा बिश्व शक्तिशाली मान चित्रका उदयीमान छिमेकी राष्ट्र भारत र चीनसँग कसरी आफ्नो उपस्तिथि जनाउने र आफ्नो राष्ट्रियता र सुरक्षा नीतिबारे कस्तो प्रकारको सुरक्षा बल बनाउने र दुबै देशबिच पनि भोलि हुन सक्ने द्वन्द्धलाइ कसरी  समाधान गर्ने भन्ने सपना पनि हाम्रा छन् ।

१९५० पछि बनेको सानो देश इजरायलले बिश्व परिवारभित्र आफ्नो सानो राष्ट्र लाई शक्तिशाली रुपमा स्थापित गरेको छ भने हामी त दोस्रो बिश्व युद्धबाट पाएको ब्रान्ड नेम ‘बहादुर’को इतिहास छदैछ भने त्यो इतिहासको रक्षा र सम्मान गराउने पनि हाम्रो सपना छ बाबुराम दाइ ! त्यसैले never complete the  theories without practical .”

त्यसैले तपाइको ५ स र समृद्धि हाम्रै पालामा भन्ने जुन सिद्धान्त छ । त्यसलाई आफ्नो संघसंगठनका भित्र प्राक्टिकल लाईफमा प्रयोग गर्न सक्नु भएको छैन । त्यसैले हजुरको नयाँ शक्तिमा एक त राजनीति गतिशील, बेबिकशिल, राजनीति अयोग्य ब्याक्तिहरुको जमात लिएर कुनै पनि हालतमा समृद्धिको नारा लिएर नयाँ शक्ति बन्ने वाला छैन ।

यसरी मेरो १९ महिनामा हजुरको पार्टीभित्र बसेर निभाएको भुमिकालाई मेरो दृस्टिले हेर्दा केवल माओवादी आन्दोलनलाई बिसर्जन गर्ने र माओवादी आन्दोलनलाई कमजोर पारी माओवादी नेतृत्वलाई सिध्याउने ठूलो युरोपेली योजना जस्तो लाग्छ र नेपालमा फेरि कांग्रेस एमालेलाइ सत्तामा पुर्याएर यथा स्तिथिबादि शक्तिलाइ सत्तामा पुर्याउने अनि फेरि दोस्रो जनयुद्ध गराएर देशलाइ अफ्रिकी,म्यानमार र सिरिया बनाउन खोज्ने योजना जस्तो बुझिन्छ ।

त्यसैले कलियुगमा डाक्टर बाबुराम भट्टराईको सिद्धान्तले पूर्णरुपमा २१ नेपाली औं सताब्दिको युवाहरुको सोचलाइ पूर्णता दिन सक्दैन र नयाँ शक्ति यो पार्टी नभएर बिचार र बिचलीतहरुको जमात मात्रै बन्नेछ भन्ने मैले आङ्कलन गरे । मेरा माथिका प्रश्नको उत्तर आउने आशामा छु बाबुराम दाइ ।

लेखक : बि बि खराल नयाँ शक्ति पार्टी केन्द्रिय कार्यकारी सदस्य तथा बिदेश बिभाग ध्रुवीकरण अभियान प्रमुख हुन् ।

वि.सं.२०७४ भदौ २९ बिहीवार ०४:०० मा प्रकाशित

NLIC AD
NABIL bank AD