Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार



flag maoist1२९ भदौं, मुगु । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ ।

माओवादी जिल्ला कमिटी मुगुको गत २५ गतेदेखि जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारको टुंगो लगाएको हो ।

तीन दिनसम्मको छलफलमा पार्टीमा गरेको योगदान, जनप्रियता र चुनाव जित्न सक्ने हैसियतको यकिन गरी उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार प्रत्यक्षतर्फ संघमा मंगलबहादुर शाही, प्रदेशमा क्षेत्र नं १ मा केबलबहादुर मल्ल, क्षेत्र नं २ मा राजु कार्की, समानुपातिकतर्फ संघमा अजबहादुर शाही, प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको छ ।

जिल्लामा मुख्य प्रतिष्पर्धामा रहेका नेपाली काँगे्रस, नेकपा एमाले र माओवादीमध्ये माओवादीले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको टुंगो लगाएको छ भने एमालेले छलफल चलाइरहेको छ ।

एमाले स्रोतका अनुसार तीन÷चार दिनभित्र उम्मेदवारको टुंगो लागिसक्नेछ ।

काँगे्रसले भने उम्मेदवार छनोटको सुरसार गरेको छैन । काँगे्रस मुगुका सभापति खड्कबहादुर शाही अन्य पार्टीबाट उम्मेदवार तय भएपछि आफूहरूले उम्मेदवार टुंगो लगाउने बताउनुहुन्छ ।


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी