back

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

वि.सं.२०७४ भदौ २९ बिहीवार

831 

shares

flag maoist1२९ भदौं, मुगु । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ ।

माओवादी जिल्ला कमिटी मुगुको गत २५ गतेदेखि जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारको टुंगो लगाएको हो ।

तीन दिनसम्मको छलफलमा पार्टीमा गरेको योगदान, जनप्रियता र चुनाव जित्न सक्ने हैसियतको यकिन गरी उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार प्रत्यक्षतर्फ संघमा मंगलबहादुर शाही, प्रदेशमा क्षेत्र नं १ मा केबलबहादुर मल्ल, क्षेत्र नं २ मा राजु कार्की, समानुपातिकतर्फ संघमा अजबहादुर शाही, प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको छ ।

जिल्लामा मुख्य प्रतिष्पर्धामा रहेका नेपाली काँगे्रस, नेकपा एमाले र माओवादीमध्ये माओवादीले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको टुंगो लगाएको छ भने एमालेले छलफल चलाइरहेको छ ।

एमाले स्रोतका अनुसार तीन÷चार दिनभित्र उम्मेदवारको टुंगो लागिसक्नेछ ।

काँगे्रसले भने उम्मेदवार छनोटको सुरसार गरेको छैन । काँगे्रस मुगुका सभापति खड्कबहादुर शाही अन्य पार्टीबाट उम्मेदवार तय भएपछि आफूहरूले उम्मेदवार टुंगो लगाउने बताउनुहुन्छ ।

वि.सं.२०७४ भदौ २९ बिहीवार ०४:३७ मा प्रकाशित

Himalayan Life AD
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई...

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...