२९ भदौ, जितपुर (कपिलवस्तु) । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४÷७५ का लागि करिब रु ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ ।
नगर प्रमुख केशवकुमार श्रेष्ठले मंगलबार भएको प्रथम नगर सभामा रु ६४ करोड २२ लाख ८७ हजार २३० बराबरको बजेट विनियोजन गर्नुभएको हो ।
यसमध्ये पूँजीगततर्फ रु ४८ करोड ८१ लाख दुईहजार २०० र चालुतर्फ रु १५ करोड ४१ लाख ८५ हजार बराबरको रकम विनियोजन गरिएको छ ।
साथै, नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं सेवाग्राहीमैत्री तुल्याउने, व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने, संस्थागत क्षमता विकास, खोजमूलक र अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्नेजस्ता नीति तथा कार्यक्रमसमेत नगरसभामार्फत पारित गरिएको नगर प्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लक्षित वर्ग, महिला तथा पछाडि परेकालाई समाहित गर्ने तथा शिक्षा, स्वास्थ्य, कृषि, सडक, वन, वातावरणजस्ता क्षेत्रमा लगानी तथा दिगो विकासमा योगदान पु¥याउने कार्यक्रमसमेत नगरपालिकाले पारित गरेको छ ।
वि.सं.२०७४ भदौ २९ बिहीवार ०७:१४ मा प्रकाशित