Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

“त्रिलोक” यम कुमार गुरुङद्वारा महासचिव पदमा उम्मेदवारी घोषणा



trilok-gurung

“नेपालको लागि नेपालि” भन्ने मूल मान्यता सहित अगाडी बढेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निबासी बरिष्ट समाजसेवी यम कुमार गुरुङ “त्रिलोक” ले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बिशुद्द नेपाल र नेपालिको लागि हुनु पर्छ र यस सस्थालाई राजनीति हस्तक्षेप बाट टाडा राखेर सामाजिक दायित्वमा लगाउनु पर्छ भनेर लागि परेका गुरुङ अहिले एनआरएनए आइसीसीमा महासचिवको बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उनी भन्छन– ‘संस्थागत रुपमा एनआरएनए अभियान अघि बढाउन हामीले निकै ठूलो प्रत्यन पनि गरेका छौं तर हामीले अझ निकै गर्न बाँकी छ यसैका लागि अझ सक्रिय भएर लाग्ननै मैले महासचिवमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

प्रबासी नेपालिहरुको समस्या र समाधानमा सदैब अबिभाबकको भूमिका निर्बाह गर्दै एनआरएनएहरुको समस्याहरुमा लड्दै उनीहरुलाई उचित न्याय दिन तत्पर रही एनआरएनएको सस्थागत विकास लागि आफुलाइ एक सक्षम र योग्य उमेद्वारीको रुमा प्रस्तुत गर्दै र विशेषत बैदेशिक रोजगारमा रहेका नेपालीका विकराल समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा बैदेशिक लगानी भित्राउन तथा एनआरएनएलाई संस्थागत गर्न लागि पर्ने लगायतका प्रतिबद्धहरु सहित उनले महासचिब पदमा उम्मेदवारी दिएका हुन ।

मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अबस्थामा, मुलुक पिडाले रुएको बेला, छटपटाको बेला, नेपालि जनताहरु सहयोग खोजिरहेको बेला हरसमय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका महासचिब पदका प्रत्यासी यम कुमार गुरुङ “त्रिलोक” अहिले सबै गैरआवासीय नेपालीहरुको रोजाइमा परेका चर्चित व्यक्तित्वको रुपमा परिचित छन । मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर सबैको गैरआवासीय नेपाली र जन्मभूमि नेपालको हकहितमा लडिरहने एनआरएनएका सक्रिय बरिष्ट समाजसेवी त्रिलोक गुरुङ गैरआवासीय नेपालीहरु बीच चर्चामा रहेका पात्र हुन । जबजब मुलुकलाइ संकट पिडा पर्छ त्यस समय सदैब पिडित समक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरि उनीहरुको घाउमा मलम लगाउन सक्षम गुरुङ नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बडाउन र नेपाललाई विश्व सामु अझ थप चिनाउन प्रयत्नरत व्यक्तिको रुपमा परिचित छन ।

गोरखाको लाप्राकमा नमूना वस्ती निर्माण सहयोग देखि एन आर एन ए भबन निर्माणमा सक्रिय रहेका गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए। त्यसका अलावा उनले नेपाल नेपालिको सयोगार्थ धेरै उदारणीय कार्य गरेर सबैको मनमा बस्न सफल भएका छन् ।

एनआरएनए हङकङले बुधबार हङकङको जोर्डनस्थित साङ्ग्रिला रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिवमा गुरुङको उम्मेदवारी घोषणा गरेको हो। दशैँपछि असोज २८–३१ (अक्टोबर १४–१७) मा काठमाडौँमा एनआरएनएको विश्व सम्मेलन आयोजना हुने भएको छ भने जसले अर्को दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यम कुमार (त्रिलोक) गुरुङ गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् । एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसकेका छन् ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन