“दलित एकता आजको आवास्यकता छुवाछूत मुक्त समाज निर्माणका लागि सम्पुर्ण नेपालिको आवास्यकता” भन्ने मुल नाराका साथ प्रवासबाट स्थापित दलित एकता संजाल नेपालले राष्ट्रिय समिती नेपाल मार्फत दोस्रो चरणको बाढिपिडित राहत १३ सेप्टेम्बरका दिन सुनसरीको ईटहरीमा बितरण गरेको छ ।
संजालका राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष बिष्णु सागर धमलाको नेतृत्वमा संजालका आईसीसी तथा एनसीसीका अभियन्ताहरु आईसीसीका कोषाध्यक्ष माधव शिवा, उपसंयोजक पदम नेपाली, एनसीसी नेपाल कि सचिव दुर्गा नेपाली, संजाल सुनसरी सचिव सिता रसाइली, संजाल कतार एनसीसी अध्यक्ष श्याम नेपाली, नेपाल एनसीसी कोषाध्यक्ष कमला नेपाली, संजाल सुनसरी अध्यक्ष नैन बिस्वकर्मा, संजाल मोरङ कि सदस्य प्रमिला बिक, कतार संजाल एनसीसीका कोषाध्यक्ष सुवास परियार, पत्रकार भरत भटटराई , स्वास्थ्यकर्मीहरु शान्ती गजमेर, सुरज शंकर, संजाल अभियान्ता भक्त बिक लगायतको टोलिले चामल, दाल, नून, तेल, चिउरा, सावन, बिष्कुट, सोयाविन लगायतका खाध्य सामाग्रि बितरण गरिएको थियो ।
स्टाफ नर्स समेत रहेकि जनोभेजले नेपालका हिमाली क्षेत्रका केही स्कूलहरुमा पढने छात्राछात्रलाई सबै किसिमको सहयोग तथा भवन निर्माणमा आर्थिक सहयोग पुरयाउंदै आएको सुरज अधिकारीले बताएका थिए । राहत बितरण कार्यमा पनि उनकै महत्वपूर्ण भूमिका रहेको अधिकारीको भनाई छ ।
पत्रकार पिबी दियालीले संचालन गरेको उक्त कार्यक्रममा बाढीपीडित राहत संकलन समितिका अध्यक्ष राजकुमार गूरुङ, समाजसेवी पदम अधिकारी लगायतले बाढिपडितलाई छिटो भन्दा छिटो पुनरवास गराउने काममा सरकारको ध्यानाकार्षण गराएका थिए ।कार्यक्रम मा बोल्दै राष्ट्रिय समीती नेपाल का अध्यक्ष बिष्णुसागर धमलाले पिडितको दुखमा साथ दिन सहयोग गर्ने संजालका सबै अभियन्ता साथीहरू लाई धन्यवाद ब्यक्त गरे ! संजालको राहत सहयोगले टोलबासी लाई हर्षित तुल्याएको भन्दै टोलका अध्यक्ष तथा राहत ब्यबस्थापन समितीका संयोजक राजकुमार गुरुङले दाता संस्थाका प्रतिनीधिहरुलाई धन्यवाद दिदै खादा लगाएर सम्मान गरेका थिए ।
संजाल आईसीसी मातहत का राष्ट्रिय समन्वय समिती हरु कतार, ओमन, युएई, साउदी अरब , मलेसिया लगायत को सहयोग मा संजाल ले गएको २० अगस्ट मा सप्तरी को हनुमान नगर आसपास का क्षेत्र मा पहिलो चरण को राहत बितरण गरेको संजाल नेपाल एनसीसी का अध्यक्ष बिष्णु सागर धमला ले जानकारी दिएका छन ।
वि.सं.२०७४ भदौ २९ बिहीवार १४:५१ मा प्रकाशित