back

फिफा बरियतामा नेपाल तल झ¥यो

वि.सं.२०७४ भदौ २९ बिहीवार

819 

shares

२९ भदौ, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा)ले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।

नेपाल छ स्थान तल झर्दै १७५ औँ स्थानमा पुगेको हो । यसै महिनामा घरेलु मैदानमा नै सम्पन्न एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको खेलमा पराजय भोगेको नेपाल फिफा बरियतामा पनि खस्केको छ । त्यतिबेला नेपाल ताजिकस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १०७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १७४औँ स्थानमा छन् ।

बंगलादेश सात स्थान तल झर्दै १९६औँ स्थानमा, एक स्थान तल झरेका श्रीलंका १९८ औँ स्थानमा तथा पाकिस्तान २००औँ स्थानमा यथावत् छ ।

फिफा बरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा छन् । रासस

वि.सं.२०७४ भदौ २९ बिहीवार १५:०१ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...