Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रेममान डंगोल पक्राउ



२९ भदौ, काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दाका फरार दोषी काठमाडौँ नक्साल बस्ने प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका दुई मुद्दामा डंगोललाई चार वर्ष छ महिना कैद र रु चार लाख ५० हजार जरिवाना हुने ठहर भएकामा हालसम्म उनी फरार थिए । डंगोललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सुन्धाराबाट पक्राउ गरेको हो ।

दोषी डंगोलसमेतले सिन्धुली, कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङसहित चार जनालाई वैदेशिक रोजगारीका लागि युक्रेन लगिदिन्छु भनी २०६५ वैशाख २५ गते जनही रु छ लाख लिई थाइल्याण्डसम्म पु¥याई अलपत्र छाडेर वैदेशिक रोजगार ऐन २०६४ को विपरीत कसूर गरेका थिए । फैसला कार्यान्वयनका लागि बिहीबार ब्यूरोले निजलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार काठमाडौँमा पठाइएको छ । रासस


-->

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।