Logo
१६ मंसिर २०७८, बिहीबार
     Thu Dec 2 2021
E-paper
  English Edition
   Unicode
Logo

दशैँ खर्च जुटाउँदै हिमाली जिल्ला पुगे राउटे मुखिया



३० भदौं, मुगु । नेपालीको महान् चाडपर्व दशैं मनाउन सबैले खर्च जोहो गरिरहेका बेला लोपोन्मुख नेपाली जाति राउटे पनि दशैं खर्चको जोहोमा जुटेको छ ।

दशैंका बेला एकसरो लुगा, चामल, तेल, दाल, एक खसीका लागि आवश्यक पर्ने रकम जुटाउन राउटे समुदायका केही सदस्य प्रदेश नं ६ का विभिन्न जिल्लामा रकम उठाउँदै हिमाली जिल्ला मुगु आइपुगेका छन् ।

राउटे मुखिया नारायण शाहीको नेतृत्वमा आएको सात सदस्यीय टोली हिजोआज सदरमुकाम गमगढीमा रहेका सरकारी तथा गैरसरकारी संघसस्था, व्यवसायी र स्थानीय सर्वसाधारणसँग दशैं खर्च भनेर रकम उठाइरहेका छन् ।

आफ्नो समुदायमा रहेका ५० घरधुरीका २०० जहान परिवारलाई दशैं मनाउन खर्च नभएपछि जिल्ला जिल्लामा पुगेर खर्च उठाइरहेको मुखिया शाहीले बताउनुभयो । आफ्नो इच्छानुसार जति दिए पनि रकम सहयोगस्वरुप लिइएको शाहीले जानकारी दिनुभयो । दशैं मनाउन राउटे समुदायलाई रु एक लाख लाग्ने बताइएको छ ।

मुगु जिल्लामा मात्र आजसम्म रु ४० हजार सहयोग राउटेले जुटाएका छन् । छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले सबैभन्दा बढी रु १२ हजार सहयोग गर्नुभएको छ ।

टोलीका सदस्य प्रकाश शाहीले भन्नुभयो, “सहयोगबाट उठेको रकमले सबै घरधुरीलाई पुग्ने गरी लुगा कपडा, तेल, चिनी, मासु खान खसी र घर छाउन प्लास्टिक किन्ने योजना छ तर रकम धेरै उठ्दैन, कसरी दशैँ मनाउने चिन्ता लागेको छ ।”

“मागेर कति बाँच्ने, दशैँ मनाउन सरकारले तलबको व्यवस्था गरिदिएको भए हामीहरूलाई सहज हुने थियो”, अर्का सदस्य दीपक शाहीले भन्नुभयो ।

आफ्ना ५० घरधुरीलाई सुखीखुशी राख्न उनीहरू नाङ्गो खुट्टा हिँडेरै टाढा टाढासम्म रकम जुटाउन भौँतारिने गरेका छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले एक संचारमाध्यममा

प्रेम रौले । चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं

काठमाडौं । पेसागत महासङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ वुँदे ज्ञापनपत्र बुझाएको छ ।

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा