back

किसान कागतीखेतीतर्फ आकर्षित

वि.सं.२०७४ भदौ ३० शुक्रवार

522 

shares
IME Limited
NTC AD

lemon-tree

 ३० भदौ , बनियानी (झापा) । मनग्य आम्दानी हुन थालेपछि दक्षिणी झापाका किसान कागतीखेतीतर्फ आकर्षित भएका छन् ।

धान वा अन्य खेती गर्नुभन्दा कागतीखेती गर्न सहज र आम्दानीका हिसाबले अब्बल भएपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । एउटा कागतीको बोटमा ५०० देखि दुई हजार दानासम्म फल्छ । गौरादह नगरपालिका–१ का किसान खुमनाथ निरौला दुई बिगाहा धानखेत मासेर कागतीखेती शुरु गरेको बताउनुहुन्छ ।

राम्रोसँग हेरचाह गर्दा एउटा कागतीको बोटबाट २५ वर्षसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । हाल उहाँले दुई बिगाहामा एक हजार ४५० कागतीको बिरुवा लगाउनुभएको छ ।

“दुई वर्षकै बोटमा अहिले २०० भन्दा बढी कागतीको दाना फलेको छ”, उहाँले भन्नुभयो । पाँच हजार दाना कागती प्रति दाना दुई रुपैयाँ ५० पैसाका दरले बिक्री गरेको उहाँले बताउनुभयो । बिरुवा लगाएको तीन वर्षदेखि कलमी बिरुवा बिक्री गर्न सकिन्छ । एउटा कलमी बिरुवा रु सयदेखि रु १५० सम्ममा बिक्री हुने गरेको निरौलाले बताउनुभयो ।

सोही स्थानका बेदनिधि निरौलाले पनि नौ कट्ठामा युरेका जातको कागतीको बिरुवा लगाउनुभएको छ । उहाँका छिमेकी खिन्द्रप्रसाद घिमिरेले १७ कट्ठामा कागतीखेती गर्नुभएको छ । अन्य बालीभन्दा कागतीखेतीबाट मनग्य आम्दानी भएको उहाँहरुले बताउनुभयो ।

गौरादह नगरपालिका–३ का तीनजना युवाले तीन बिगाहामा कागती, एक बिगाहामा बेसार र एक बिगाहामा माछापालन शुरु गरेका छन् । कुशहरि दाहाल, दीपक बराल र नारायण कार्की मिलेर ‘केडी एण्ड कृषि फार्म’ दर्ता गरी कृषि कर्ममा लागेका हुन् ।

फार्ममा विभिन्न जातका दुई हजार कागतीका बिरुवा लगाएको फार्मका सञ्चालक बरालले बताउनुभयो । किसानलाई कागतीखेतीमा आकर्षित गर्न सके वार्षिकरुपमा बाहिरिने करोडौँं रुपैयाँ रोकिने र त्यसले बढ्दो व्यापार घाटालाई पनि कम गर्ने उहाँको भनाइ छ ।

वि.सं.२०७४ भदौ ३० शुक्रवार ०९:३९ मा प्रकाशित

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

प्रविधिमैत्री बनाउन गोखाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा । गोरखा नगरपालिका–८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा...

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

विदेशबाट फर्किएर ड्रागन फ्रुटको व्यवसायिक खेतीमा रमाएका सरोज

केदार मगर, खोटाङ। रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको...