back

एनआरएनए रोमानियामा आलोक शाह

वि.सं.२०७४ भदौ ३० शुक्रवार

657 

shares

प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको पाँचौ राष्ट्रिय महाधिवेशन सफलताका साथ सम्पन्न भएको छ ।

सेप्टेम्बर १३ का दिन रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको उक्त महाधिवेशनले सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद यूरोपका संयोजक  कुल आचार्यको पहलमा महाधिबेशन सम्पन्न भएको थियो । राष्ट्रिय महाधिवेशनले एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेललाई आईसीसी सदस्य तया संरक्षकमा सर्वसम्मतबाट चयन गरेको छ भने अध्यक्षमा आलोक साहलाई चयन गरेको छ ।

महाधिबेशन सम्पन्न भए पश्च्यात यूरोप क्षेत्रका आइसीसीका सदस्य तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरु लगायत एनआरएन अभियानका पदाधिकारी तथा शुभचिन्तकहरुले बधाई दिई नयाँ कार्य समितिलाई शुभकामना पठाएका थिए  ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, रोमानियाका कार्यकारी समितिमा आईसीसी सदस्य तथा संरक्षकमा नवराज पोखरेल,अध्यक्षमा आलोक साह,वरिष्ठ उपाध्यक्षमा श्रीकृष्ण पुरी ,उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा, महासचिवमा खगेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा राजु बर्देवा, कोषाध्यक्षमा जेनी गुरुङ ,सहकोषाध्यक्षमा गोमा  थापा, युवा प्रतिनिधिमा प्रज्वल खड्का तथा महिला प्रतिनिधिमा मेन्दा  शेर्पा निर्वाचित भएका छन् भने   सदस्यहरुमा संगिता केसी  पुरी, मुक्तिराज कोइराला ,शोभा  मानन्धर, खुमलाल भुसाल, होमबहादुर परियार ,डा. अमित रिजाल तथा मैयाँ  मोनि  राई रहेका छन् ।

वि.सं.२०७४ भदौ ३० शुक्रवार ११:०६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...