३१ भदौं, काठमाडौँ । सार्वजनिकस्थलमा जनावरमाथि हुने हत्या, हिंसा एवं बलि प्रथा रोक्न माग गर्दै राजधानीमा सचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ ।
धार्मिक सङ्घसंस्था र जनावरको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा शुक्रबार भद्रकाली मन्दिरबाट शुरु भएको सचेतनामूलक अभियान शहीदगेट, न्यूरोड, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर जनचेतनामूलक सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले धर्मका नाममा शास्त्रमा नभएको अबोध जनावरलाई बलि दिने प्रथा अन्त्य गर्न माग गर्नुभयो ।
विसं २०७२ जेठ १८ गते दक्षिणकाली मन्दिरबाट बलि प्रथा एवं हत्या हिंसाविरुद्ध अभियान शुरु भएको नेपाल अहिंसाप्रेमी शाकाहारी समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिनुभयो । रासस
वि.सं.२०७४ भदौ ३१ शनिवार ०३:२९ मा प्रकाशित