डेढ महिना अघिमात्र जापान पुगेकी चितवनकी कंडेलको मृत्यु भएको छ । चितवन लंकु घरभई डेढ महिना अघिमात्र डिपेन्डेड भिषामा जापानको नागोया पुगेकी ३५ वर्षीया भीमा कंडेल पाण्डेको उपचारका क्रममा १५ सेप्टेम्बरका दिन अस्पतालमै मृत्यु भएको हो ।
मुटुको बिरामी रहेकी कंडेलको नागोया हर्ट सेन्टरमा १ महिना उपचार गरिएको थियो ।
चितवन समाज जापानका निर्वतमान सचिव सन्देश पोखरेलले कंडेलको मृत्युले सबैलाई मर्माहत बनाएका बताएका छन् । पोखरेलका अनुसार कंडेलको यहि आउने मंगलबार जापानमै अन्त्येष्टि गरिनेछ ।
अन्त्येष्टि गरिने स्थान र समय यस प्रकार रहेको छ ।
स्थान- Nagoya shi Meitou ku takabarihara 2-1704
名古屋市名東区高針原 2-१७०४
थप जानकारी को लागि –
बिनोद कुमार सापकोटा – ०९०-६०८३-२८३३
डिलाराम खरेल – ०९०-६४५४-४२९५
सन्देश पोखरेल – ०८०-३६३७-८८१९