back

नेपाल एसीसी यु– १९ पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाईनलमा

वि.सं.२०७४ भदौ ३१ शनिवार

672 

shares
GLOBAL IME AD
NTC AD

nepal

३१ भदौ, काठमाडौँ । नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न सेमिफाईनल अन्र्तगतको खेलमा घरेलु टोली मलेसिया १० विकेटको रोमान्चक जित निकाल्दै फाईनलमा प्रवेश गरेको हो । यो सगैँ नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ ।

टस हारेर ब्याटिङ गरेको मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पार ग‍र्यो । नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडेका थिए ।

मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभर १२१ रनमा अलआउट भयो । मलेसियालाई सामान्य योगफलमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए । यस्तै पवन शर्राफले २ विकेट लिए। रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १\१ विकेट लिए। सहाबले मलेसियाका लागि सर्वाधिक रन बनाएका डे सिल्भालाई ३९ रनमा आउट गरेका हुन्। यस्तै विरनदिप सिंहले २५ रनको योगदान गरे।

वि.सं.२०७४ भदौ ३१ शनिवार ०६:४७ मा प्रकाशित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ, ६ जेठ स् आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...