Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

‘जन्मजात बाहुनको विज्ञप्ति’ लोकार्पण



३१ भदौ, काठमाडौँ । कवि प्रोल्लास सिन्धुलीयको कविता संग्रह ‘जन्मजात बाहुनको विज्ञप्ति’ आज यहाँ सार्वजनिक गरियो ।

सांग्रिला प्रकाशनले बजारमा ल्याएको सो संग्रहमा जातीय र सांस्कृतिक द्वन्द्वभन्दा साझा नेपालीत्व र समृद्धिको कल्पना गरिएको समीक्षकहरुले बताएका छन् ।

कवि श्यामल र डा नवराज लम्सालले सिन्धुलीयका कविताले मानवतालाई छोएको टिप्पणी गर्दै जातीय संकीर्णताभन्दा वर्गीय पक्षधरतालाई साहित्यले स्थान दिनुपर्ने बताउनुभयो । तर समीक्षक कुमारी लामाले भने जातीय पहिचानलाई चटक्कै बिर्सने ध्येय मनासिव नहुने तर्क राख्नुभयो । कवि सिन्धुलीयले आफ्ना कवितालाई बाहुनवादसँग जोडेर हेर्नु गलत भएको दाबी गर्नुभयो ।

सिन्धुलीयका कविता वाचनमा हरिमाया भेटवाल, जय गौडेल, ज्योति जङ्गल, लीला अनमोल र हेम प्रभासले सघाउनुभएको थियो ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन