Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

राजमार्गमा अनुशासित भएर ट्रक चलाउने पाँच उत्कृष्ट चालक सम्मनित



chalak१ असोज, नौबिसे (धादिङ) । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले राजमार्गमा अनुशासित रुपमा ट्रक तथा टिपर चलाउने पाँच जना चालकलाई रु २० हजार नगदसहित सम्मान गरेको छ ।

समितिले शनिबार नौबिसेमा टिपर तथा ट्रक चालकलाई ट्राफिक जनचेतनासम्बन्धी राखेको प्रशिक्षणमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा झङ्कबहादुर मगर, विष्णुबहादुर तामाङ, नवराज लामा, बाबुराम तामाङ र श्रीराम लामा रहेका छन् । देशका विभिन्न भागमा टिपर तथा ट्रक चलाउने हजारौँ चालकबाट १५५ चालकलाई छनोट गरिएको थियो । उक्त १५५ चालकबाट गोलाप्रथा गरेर पाँच चालकलाई सम्मान गरिएको हो ।

चालकलाई सम्मान तथा प्रशिक्षण दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेको बताउनुभयो ।

“सडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ,”–प्रमुख खनालले भन्नुभयो ।

उहाँले ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै “पहिला आफू सुध्रिएमात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ,”– भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष डोलनाथ खनालले सडकलाई अनुशासित र मर्यादित बनाउने प्रमुख काम नै चालकको भएको बताउँदै चालक अनुसाशित र मर्यादित भए दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

नजिकिँदो चाडपर्वको समयमा बढी दुर्घटना हुन सक्ने बताउँदै उहाँले सम्यम भएर सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले देशको राजधानी भित्रिने प्रमुख नाका धादिङ भएकाले यस क्षेत्रमा दुर्घटना अत्याधिक हुने गरेको बताउँदै “टिपर तथा ट्रक चालकको लापरबाहीका कारण पछिल्लो समय दुर्घटनाको संख्यामा वृद्धि भएको छ,”– भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रमा देशको खर्बौंको लगानी रहेको भन्दै यसको सुरक्षाका लागि सरकारले आवश्यक पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

चालकप्रति इंगित गर्दै उहाँले भन्नुभयो, “तपाईँहरु अनुशासित र मर्यादित भएर सवारी चलाउनुहोस्, तपाईँहरुलाई परेको समस्या समाधान गर्न हामी तयार छौँ ।”

समितिका अध्यक्ष गणेशलाल श्रेष्ठ, नेपाल प्रहरीका बाग्मती प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धीरेन्द्रप्रताप सिंहलगायतले सम्बन्धित पक्षको सहकार्य भएको खण्डमा यातायात क्षेत्रमा देखिएका समस्याको समाधान हुने बताउनुभयो ।


-->

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ

त्रिवेणी (नवलपरासी) । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ ।

घोराही (दाङ)। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज