back

आजभोली सुनसान बनेको छ ‘नेपालको ताजमहल’

वि.सं.२०७४ असोज १ आइतवार

729 

shares

ranimahal पाल्पा । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।

गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक पाँच÷१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो ।

साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ ।
ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

वि.सं.२०७४ असोज १ आइतवार ०३:३४ मा प्रकाशित

Himalayan Life AD
जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा नेपाललाई भारतमा सम्मानित

उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा नेपाललाई भारतमा सम्मानित

काठमाडौँ । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)मा...