back

एसीसी अन्डर नाईन्टीन पुर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

वि.सं.२०७४ असोज १ आइतवार

612 

shares

nepal

नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको छ । आइतबार मलेसियाको किन्नारा ओभलमा भएको खेलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपालले उपाधि कब्जा गरेको हो ।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १४.४ ओभर खेलेर पार गर्‍यो। नेपालको जितमा प्रनित थापामगरले नटआउट १९ रनको योगदान गरे। उनले १५औं औभरमा २ छक्का र १ चौका प्रकार गरेका थिए। नेपालका ओपनरद्व सन्दीप सुनार १९ तथा आरिफ शेख १ रनमा आउट भयो। सन्दीपले २१ बल खेलेर ४ चौका प्रहार गरे । यस्तै अनिल साहले १६ रनको योगदान गरे । कप्तान दीपेन्द्रसिंह ऐरी २२ रनमा आउट भए । सुमीत महर्जन भने शून्य रनमा आउट भए।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३\३ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र अनिल साहले १र१ विकेट हात पारे।
उपाधिसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ। यही वर्ष मलेसियामै हुने यू–१९ एसिया कपका लागि भारत, पाकिस्तान, श्रील‍ंका र ब‌ंगलादेश सिधै छनोट भइसकेका छन्।

वि.सं.२०७४ असोज १ आइतवार ०५:२९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...