back

जाजरकोटमा माओवादीले उम्मेदवारकोे टुंगो लगायो

वि.सं.२०७४ असोज १ आइतवार

156 

shares
NTC AD
Global IME AD

१ असोज, जाजरकोट  ।  नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताउनुभयो ।

त्यस्तै प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रदेश नं ६मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ ।
विसं २०४८ देखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एकमा काँग्रेस र अर्कोमा एमाले, २०५१ सालमा दुवै सिट काँग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा, पहिलो संविधानसभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधानसभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २मा काँग्रेसले जितेको थियो ।

वि.सं.२०७४ असोज १ आइतवार ०६:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...