back

मनाङमा स्याउ टिप्न शुरु

वि.सं.२०७४ असोज १ आइतवार

534 

shares
GLOBAL IME AD
NTC AD

apple१ असोज, पोखरा । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताउनुभयो ।

जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए ।

यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिएपनि कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् ।

जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बँेसीशहर र काठमाडौँमा लगेर बिक्री गर्ने गर्दै आएका छन् ।

जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ । यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो ।

वि.सं.२०७४ असोज १ आइतवार ०६:५६ मा प्रकाशित

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु

काठमाडौँ । ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे...

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न...

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह

भोजपुर । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह...

मुङखेती गर्ने किसानलाई अनुदान

मुङखेती गर्ने किसानलाई अनुदान

कञ्चनपुर । मुङखेती गर्ने किसानलाई शुक्लाफाँटा नगरपालिकाले अनुदान दिने भएको...

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार घटेर...

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

‘गणतन्त्रलाई जनतामाझ लैजानुपर्छ’

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक...