गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला संयोजकमा रजनी प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
बेल्जियममा रहेर लामो समय देखि एनआरएनएमा सक्रिय रहदै आएकी प्रधानले युएईबाट एनआरएनए महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । उनी हाल एनआरएनए महिला सहसंयोजक हुन् ।
गैरआवासीय नेपाली संघ युएईको अधिबेशनमा अतिथिको रुपमा पुगेकी प्रधानले एनआरएनएमा रहेर देश तथा विदेशका महिलाहरुका समस्यालाई नजदिकबाट नियालेको तथा महसुस गरेको बताउँदै समग्र नेपाली महिलाको हितका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको बताएकी छन् ।
एनआरएनए महिला सहसंयोजकको भूमिका निर्वाह गर्दै आएकी प्रधानले देशका दुर्गम क्षेत्रमा पुगेर नेपाली महिलाको समस्यालाई नजदिकबाट नियालीरहेकी छन् । विगतका दिनमा भन्दा केही वर्षयता एनआरएनएले नेपाली महिलाहरुका लागि विभिन्न जिल्लामा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।