Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए युरोप संयोजकमा जर्मनीबाट दावा गेल्जे शेर्पाको उम्मेदवारी



dawa-sherpaगैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप संयोजकमा जर्मनीबाट दावा गेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।
हाल सहसंयोजक रहेका शेपाले अक्टोबर १४ देखि १७ सम्म हुने गैरआवासीय नेपाली संघको आठौं सम्मलेनका लागि युरोप क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कला सस्कृतिलाई बिश्वमाझ चिनाउनका लागि सक्रिय भूमिका निभाउने घोषणापत्र मार्फत प्रतिबद्धता गरेका दावाले एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन लागि पर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
उनको घोषणापत्र जस्ताको तस्तै

गैरआवसीय नेपाली संघ युरोप संयोजकमा म दावा गेल्जे शेर्पाको उमेदवारी

गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै म दावा गेल्जे शेर्पा एनआरएनए अभियानमा लागेको छु । आफ्नो महत्वपुर्ण कामहरुलाई थाति राख्दै आफ्नो परिवारलाई भन्दा पनि बढी यो संस्थालाई समय दिएको छु । जसको कारणले नै आज एनआरएनए अभियानको पिलर तथा खम्वाको रुपमा रहदै आएको छु । मेरो एनआरएन प्रबेशदेखि नै यो संस्था प्रति धेरै नै ठुलो योगदान रहेको तपाईहरु सम्पूर्णलाई थाहा नै रहेको छ । म जर्मनीकोे राष्ट्रिय संमन्वय समिति सदस्य हुदैं यो सस्थामा निस्वार्थ भावनाबाट लागेको पनि तपाईलाई थाहा नै छ । एन।आर।एनको हरेक अभियानमा मेरो सक्रियतालाई सबैले महसुस गर्नु भएकै छ । म जर्मनी निवासी भए पनि आफ्नो जन्म भूमिसंग धेरै नै नजिक रहेको छु । म जर्मनी एनंआरएनएको सल्लाहकार, एनसीसी सदस्य, आईसीसी सदस्य र युरोप सह–संयोजकको भुमिकामा रही कार्य गर्ने अवसर पनि पाएको छु यो अवसरलाई सम्पन्न गर्नेको लागि मैले निम्न कार्यहरु गरेको छु ।

–युरोपमा राष्ट्रिय समिति गठन भएका २७ मध्ये अधिकांश देशहरूमा म स्वयं सहभागी भई एनआरएनए अभियानलाई सबल र सुदृढ बनाउन समाहित भएको छु ।

-एनआरएनए संघका विभिन्न इकाईहरूमा प्रभावकारी पुल र समन्वयकर्ताको रूपमा अग्रसर रहँदै आएको छु ।
युरोपमा राष्ट्रिय समन्वय समितिहरुसँग सहकार्य गदैं समन्वयकारी भुमिका निर्वाह गदै काम गदैं आएको छु ।
-नेपाली कला सस्कृतिलाई बिश्वसम्म पु¥याउनको लागि लागि पर्ने छु ।

-वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादीत बनाउन गैरआवासीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाउने अभियनलाई लक्ष्यमा पु¥याउन लागि पर्ने छु ।

-एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।

-युरोपमा नेपालीहरुको पहिचानलाई एकिकृत बनाउने ।

-युरोपमा बसोबास गर्ने नेपाली बीच संयुक्त लगानीको थालनीको निरन्तरता दिने ।

गैर–आवासिय नेपाली संघमा मेरो गहन अनुभवका कारण मैले यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको छु । ति चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने र आगामी कार्यकालको कार्य–समितिलाई संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ मैले आगामी कार्यकाल २०१७–२०१९ का लागि युरोप संयोजकमा मेरो उम्मेदवारी घोषणा गर्दछु । एनआरएनए अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहको अमुल्य सहयोगको अपेक्षा गरेको छु ।
धन्यवाद
दावा गेल्जे शेर्पा,जर्मनी
युरोप क्षेत्रीय सह संयोजक
उमेदवार
युरोप क्षेत्रीय संयोजक
२०१७–२०१९


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको