२ असोज , बारा (कलैया) । बारामा शान्तिपूणरुपमा स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान शुरु भएको छ ।
बारा जिल्लाको १६ वटा स्थानीय तहको निर्वाचन बिहान ७ः०० बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
श्रम तथा रोजगारमन्त्री फमुल्ला मन्सुरले बिहान ७ः३० बजे सिमरा जीतपुर उपमहानगरपालिका–७ बाट पहिलो मतदान गर्नुभयो ।
निर्वाचनका लागि मतदातालाई आइतबारसम्म करिब ७५ प्रतिशत मतदाता परिचयपत्र वितरण गरिएको छ ।
वि.सं.२०७४ असोज २ सोमवार ०५:३१ मा प्रकाशित