Logo
२५ माघ २०७९, बुधबार
     Wed Feb 8 2023
E-paper
  English Edition
   Unicode
Logo

धनुषामा शान्तिपुर्ण तबरमा मतदान हुदैँ



voting[२ असोज, जनकपुरधाम । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।

अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ ।

यसैबीच पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नगराइन वडा नं २ स्थित राजेश्वर निधि मतदान केन्द्रबाट मतदान गर्नुभयो भने खानेपानी सरसफाइ मन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गर्नुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रपतिको विषयले सत्ता गठबन्धनभित्र निकै पेचिलो अवस्था सिर्जना गराएको छ । एमालेले

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।