back

बारामा ७५ प्रतिशत मतदान,आज रातीदेखि नै मतगणना

वि.सं.२०७४ असोज २ सोमवार

732 

shares

matdan

कलैया, २ असोज (रासस) । बारा जिल्लामा साँझ ५ बजेसम्म ७५ प्रतिशत मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाका अनुसार बाराका १६ वटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट आज बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ ।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार ७४६ मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले लाइनबद्ध भई मतदान गरेको जनाएको छ ।

स्थानीय प्रशासनले शान्तिसुरक्षाको राम्रो व्यवस्था गरेको हुनाले मतदाताहरु निर्धक्क भई मतदान गरेको र मतदान केन्द्रमा कुनै प्रकारको घटनासमेत नभएको कुरा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताउनुभयो ।

मतपेटिकाहरु सम्बन्धित मतदानस्थलमा आइपुगेपछि आज रातीदेखि नै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज २ सोमवार १२:५० मा प्रकाशित

Himalayan Life AD
सुनचाँदीको मूल्य बढेकोबढ्यै

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा...

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी...

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुरले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ...