back

गोरखा समाज अष्ट्रेलियाले वृत्ति विकास गोष्टी सञ्चालन गर्ने

वि.सं.२०७४ असोज २ सोमवार

459 

shares

gorkha samaj

२ असोज, सिड्नी । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा आगामी अक्टोवर १४ तारिखका दिन १ दिने वृत्ति विकास गोष्टी सञ्चालन हुने हुने भएको छ । एसफिल्ड स्थित एसफिल्ड टाउनहलमा विहान १० बजे देखि साँझ ४ वजेसम्म सञ्चालन हुने उक्त गोष्टीमा विभिन्न विधामा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरूबाट सम्बन्धित क्षेत्रमा उपयोगी छलफल तथा प्रस्तुति प्रस्तुत हुने आयोजकले जनाएको छ ।

विभिन्न ४ भागमा विभाजन गरी सञ्चालन हुने उक्त कार्यक्रमले सुरुमा नयाँ विध्यार्थी तथा नव आगन्तुक नेपालीहरूलाई अष्ट्रेलियन समाजमा कसरी सहज समायोजन गर्दै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको सुझाव तथा छलफल दिने बताइएको छ । त्यसपछि सम्बन्धित विज्ञहरुबाट स्तरिय बनाउने, काम खोज्ने र आफ्नो पेशा सँग सम्बन्धित श्रम बजारमा प्रवेश गर्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछ । त्यस्तै विध्यार्थीले दैनिक जीवनमा झेल्नुपर्ने विभिन्न समस्याका कानुनी प्रकृयाहरू के के हुन्, भिषा र अध्यागमन सम्बन्धी समस्याहरू हल गर्न के गर्नुपर्छ लगाएतका उपयोगी विषयमा छलफल हुनेछन् । प्रत्येक प्रस्तुतिको अन्त्यमा प्रस्नोत्तर कार्यक्रम हुने र सहभागीहरूले प्रत्यक्ष रूपमा सम्बन्धित विज्ञहरूबाट जिज्ञासाको जवाफ लिनसक्ने आयोजकले जनाएको छ ।

विशेषत नव आगन्तुक विध्यार्थी तथा आफ्नो दक्षतालाई श्रम वजार सुहाँउदो रुपमा विकास गरेर रुची तथा क्षमता अनुसारको पेशामा संंलग्न हुन चाहनेहरूको वृत्ति विकासका लागि उपयोगी हुने आयोजकले जनाएको छ ।
                हेर्नुस सुचना  जस्ताको तस्तै  

गोरखा समाज अष्ट्रेलियाद्वारा आगामी अक्टोवर १४ मा वृत्ति विकास गोष्टी सञ्चालन गर्ने ।

यही आगामी अक्टोवर १४ तारिखका दिन गोरखा समाज अष्ट्रेलियाको आयोजनामा १ दिने वृत्ति विकास गोष्टी (Personal Development Workshop) आयोजना हुने भएको छ । एसफिल्ड स्थित एसफिल्ड टाउनहलमा विहान १० बजे देखि साँझ ४ वजेसम्म सञ्चालन हुने उक्त गोष्टीमा विभिन्न विधामा विज्ञता हासिल गर्नुभएका व्यक्तित्वहरूबाट सम्बन्धित क्षेत्रमा उपयोगी छलफल तथा प्रस्तुति प्रस्तुत हुनेछ ।

विभिन्न ४ भागमा विभाजन गरी सञ्चालन हुने उक्त कार्यक्रमको सुरुमा नयाँ विध्यार्थी तथा नव आगन्तुक नेपालीहरूलाई अष्ट्रेलियन समाजमा कसरी सहज समायोजन गर्दै आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने कुराको सुझाव तथा छलफल रहनेछ । त्यसपछि सम्बन्धित विज्ञहरुबाट स्तरिय Resume बनाउने, काम खोज्ने र आफ्नो पेशा सँग सम्बन्धित श्रम बजारमा प्रवेश गर्न महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछ । त्यस्तै विध्यार्थीले दैनिक जीवनमा झेल्नुपर्ने विभिन्न समस्याका कानुनी प्रकृयाहरू के के हुन्, भिषा र अध्यागमन सम्बन्धी समस्याहरू हल गर्न के गर्नुपर्छ लगाएतका उपयोगी विषयमा छलफल हुनेछन् । प्रत्येक प्रस्तुतिको अन्त्यमा प्रस्नोक्तर कार्यक्रम हुने र सहभागीहरूले प्रत्यक्ष रूपमा सम्बन्धित विज्ञहरूबाट जिज्ञासाको जवाफ लिन सक्नेछन् ।

कार्यक्रममा सिट सङ्ख्या सिमित मात्र भएकाले www.goo.gl/xSiGaT मा गएर नाम टिपाई आफ्नो सिट सुरक्षित राख्नुहुन अनुरोध छ । यस सम्बन्धि थप जानकारीका लागि गोरखा समाज अष्ट्रेलियाको फेसवुक पेज लग अन गर्न वा समाजका ध्रुव पोखरेललाई ०४६८ ७८३ ३५० मा तथा प्रकाश वस्ताकोटीलाई ०४४९ ९४९ २३२ मा फोन गर्न सकिनेछ । कार्यक्रममा सहभागिताका लागि शूल्क लाग्ने छैन । विशेषत नव आगन्तुक विध्यार्थी तथा आफ्नो दक्षतालाई श्रम वजार सुहाँउदो रुपमा विकास गरेर रुची तथा क्षमता अनुसारको पेशामा सम्लग्न हुन चाहनेहरूको वृत्ति विकासका लागि उपयोगी हुने गरी आयोजना गरिएको उक्त कार्यक्रममा सहभागि भई लाभ लिनुहुन सिड्नीवासी दाजुभाई दिदीबहिनीहरूलाई अनुरोध गरिएको छ ।

वि.सं.२०७४ असोज २ सोमवार १४:१२ मा प्रकाशित

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

सांसद भगबती चौधरी ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा लण्डनमा सम्मानीत

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा...

नरेश भट्टमाथि दुई वटा अभियोग

नरेश भट्टमाथि दुई वटा अभियोग

काठमाडौँ । केहि समयअघि अमेरिकाको मानसासमा बेपत्ता भएकी ममता काफ्लेको...

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

जिपी फाउण्डेसद्वारा उडसाईड परीसरमा निःशुल्क खाद्यान्न वितरण

गिरिजाप्रसाद कोइराला फाउन्डेसन (जिपी फाउण्डेसन)अमेरिकाले नोभेम्बर २८, २०२४ मा न्युयोर्क...

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

फिप्ना अमेरिकाको आयोजनामा मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण

अमेरिका । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल...

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका स्वीकृत गरिएकाेमा एनआरएनए उत्साहित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौँ...

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्समा नयाँ कार्यसमिति चयन, देउसीभैलो पनि खेलियो

गोरखाली समाज फ्रान्सको अधिबेशन नयाँ कार्यसमिति निर्वाचन गर्दै सम्पन्न भएको...