३ असोज, सिराहा । सिराहाको मिर्चैया नगरपालिकामा माओवादीले सुरूवाती अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार माओवादीका श्रवणकुमार यादवले १९३ मत सहित सुरुवाती अग्रता लिएका छन् भने उनलाई एमालेका प्रदीप महासेठले ८३ मत सहित पछ्याईरहेका छन् ।
यस्तै उपमेयरमा पनि माओवादीकै अग्रता छ । माओवादी केन्द्रकी जीवछी देवीले १९१ मत ल्याएर अगाडि बढेकी छन् भने उनलाई एमालेकी शोभादेवी साहले ८४ मत ल्याएर पछ्याइरहेकी छन्।