Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए एसिया संयोजकमा गोविन्द (रोविन्द्र)को उम्मेदवारी घोषणा



robinda-shresthaगैरआवासीय नेपाली संघको एसिया प्यासेफिक संयोजकमा जापानमा रहेका गोविन्द (रोविन्द) श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
सेप्टेम्बर १८ का दिन एसिया प्यासेफिक संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका सुरुवातसँगै सक्रिय रहेका श्रेष्ठ एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा रहि आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

उम्मेदवारी घोषणा गर्दै एशियाका एनआरएनएहरुलाई आफूलाई सहयोग गर्न अनुरोध गरेका श्रेष्ठले एनआरएन जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै एसिया प्यासिफिकको सहसंयोजक समेत रहि काम गरिसकेकाले स्वभाविक रुपमा संयोजकको दावेदार रहेको बताएका छन् ।

एसिया प्यासिफिक ‘सहसंयोजक भएर मैले एनआरएनएमा जे जति गरें त्यो सबैको सामुन्ने छर्लङ्ग छ, अब म अहिले भन्दा बढी जिम्मेवारी लिन चाहन्छु त्यसैले एसिया प्रशान्त क्षेत्रको संयोजकको उम्मेदवार घोषणा गरेको हँु’, श्रेष्ठले भने, ‘यसपटक पनि गैर आवासिय नेपालीहरुबाट पहिलेजस्तै सहयोगको अपेक्षा राखेको छु ।’

सात वर्ष हङकङमा बसेर अहिले जापानमा रेष्टुरेण्ट लगायतका व्यावसाय गरिरहेका श्रेष्ठले आफु एनआरएन अभियानमा केहि लिनलाई नभई दिनलाई आएको बताए । श्रेष्ठले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराउन नै एसिया संयोजकमा उम्मेदवारी दिएको बताएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ श्रेष्ठले भने ।

जापानमा बसेर व्यापारमा प्रभुत्व जमाउन सफल श्रेष्ठले एसियाका सबै क्षेत्रसँग छलफल गरेर उम्मेदवारी दिएको बताउँछन् । श्रेष्ठ कुरामा भन्दा काममा विश्वाश राख्ने गर्दछन् । एसिया प्यासिफिक समेलनमा उनको प्रस्तुति जहिलेपनि तारिफयोग्य रहेको छ । श्रेष्ठ समाजसेवीको रुपमा समेत परिचित छन् । सबैलाई समेट्न सक्ने नेतृत्वदायी भूमिका र मिलनसार व्यवहारले उनि गैरआवासीय नेपालीहरुको रुचिमा पर्दछन् ।

विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहद विभिन्न क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेका बिगतको भुकम्पमा होस् वा नाकाबन्दि, या लाप्राक नमुना बस्ती निर्माण देखि एनआरएन बिल्डिङ निर्माणमा समेत श्रेष्ठले विभिन्न प्रकारका सहयोग गर्दै आएका छन् । उनले विश्वमा रहेका गैरआवासिय नेपालीहरुलाई एकतावद्ध बनाई अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी आजको आवश्यकता रहेको बताएका छन् । नेपाली हरू आ–आफ्ना बिभिन्न समस्याले बिदेशिए पनि नेपालको माया अति नै रहेको श्रेष्ठको प्रतिकृया छ ।

श्रेष्ठ बिदेसिने सिलसिलामा हङकङलाई कर्म थलो बनाई लामो समय सम्म हङकङ मा ६ बर्ष बिताएका थिए । त्यसैले हङकङ बासीले गोबिन्द प्रसाद श्रेष्ठ (रोबिन्द) लाई हङकङ बासी नै भन्न रूचाउछन् ! श्रेष्ठ फेरी ब्यापार कै सिलसिलामा जापान लाई दोस्रो कर्मथलो बनाउन पुगे अहिले जापानमा सफल ब्याबसायीका रूपमा चिनिन्छन् । उनी नरम र मिजासीला स्वाभाबका छन् ।

जापानमा एन आर एन को १ केन्द्रीय समिति र १३ क्षेत्रिय समिति छन् । केन्द्र र क्षेत्रलाई सधै आर्थिक भौतिक र नैतिक सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने उनले प्रतिवद्धता जाहेर गरेका छन् । उम्मेदवारी घोषणाका क्रममा श्रेष्ठले भने– ‘एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझा एनआरएनए मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ