Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

बेल्जियमबाट अर्जुन श्रेष्ठले दिए एनआरएनएको केन्द्रीय महासचिवमा उम्मेदवारी



arjun-kumar-shresthaगैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय महासचिवमा बेल्जियमबाट अर्जुन श्रेष्ठले उम्मदवारी घोषणा गरेका छन् ।
एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा आफ्ना अनुभव र सिपलाई उपयोग गर्नका लागि आउदो १४ देखि १७ अक्टोबरमा हुने आठौं विश्व सम्मेलनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेको श्रेष्ठले जनाएका छन् ।
हल संघको सचिव रहेर आफ्नो भूमिका निभाएका श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय महासचिवमा उम्म्देवारी दिएको घोषणा गरेका हुन् ।
उनको विज्ञप्तिमा भनिएको छ

‘गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ । विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानको रुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।
आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।
नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ । डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।
गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु,
स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा र्पुयाउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि । एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।
संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।’
अर्जुनकुमार श्रेष्ठ
महासचिव पदको उम्मेदवार
हाल : सचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति : १८ सेप्टेम्बर, २०१७


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

अमेरिका । अमेरिकामा गाडीकोठक्करबाट एक नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा बस्ने आङकामी शेर्पाको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट