Logo
१२ मंसिर २०७८, आईतवार
     Sun Nov 28 2021
E-paper
  English Edition
   Unicode
Logo

बृहत सांस्कृतिक कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गर्दै नाम्जुङ समाज



namjung-samajनाम्जुङ सेवा समाजले नेपालीहरुको महान पर्व दसैं र तिहारको अवसरमा बृहद सांस्कृति कार्यक्रमका बीच एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ ।
गोरखाको बिकट गाँउ नाम्जुङ्ग र आसपासका छिमेकी गा।बि।स। का बासिन्दाहरु समयमा उपचार नपाएर बिगतमा धेरैले ज्यान गुमाउनु परेको अत्यन्त्यै दुःखद घटनाहरुलाई मध्यनजर गर्दै, नाम्जुङ्ग सेवा समाजले बिगत ७ महिना देखि नाम्जुङ्ग सेवा समाजले थालेको एम्बुलेन्स खरिद तथा सञ्चालन अभियानमा प्रतिक्षाको घडी समाप्त भएको छ ।
एम्बुलेन्स खरिद तथा यसको यातायत ब्यबस्थामा दर्ता प्रकृया पनि पुरा भैसकेकोले आगामी अशोज १८ गते बुधबारको दिन दसैं तिहार शुभकामना आदान–प्रदान तथा बृहद साँस्कृतिक कार्यक्रम समारोहमा उक्त एम्बुलेन्स शहिद लखन गाँउपालिकासँग समन्वय गरि सञ्चालन गर्ने गरि गाँउपालिकालाई हस्तान्तरण गर्न लागिएको उक्त सस्थाका अध्यक्ष शिब बन्जाराले बताएका छन् ।
कार्यक्रम सबैलाई उपस्थित भइदिन अनुरोध गर्दै बन्जाराले भनेका छन् ‘यस अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण परोपकारी मनहरुमा हार्दिक नमन गर्दछौ । आगामी दिनहरुमा पनि यहाँहरूको सद्भाब र अमूल्य सहयोग प्राप्त हुनेमा हामी बिश्वस्त छौ । साथै यस बृहद कार्यक्रमा यहाँहरुको गरिमामय उपस्थितिको लागि हामी हार्दिक अनुरोध गर्दछौ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा प्रस्तुत गर्ने पदाधिकारी र केन्द्रीय

काठमाडौं । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग व्यक्तिगत

फर्शुराम भुर्तेल,पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा माओवादी शक्ति पुर्नसंगठित हुँदै अघि

अफ्रिका । इमिरेट्स एयरलाईन्सद्धारा घानाको एयरपोर्टमा अचेत अवस्थामा छोडिएका रुकुमका रुपक बोहोराको उपचारकै क्रममा