back

‘सुरक्षित महानगरपालिका अभियान’ शुरु

वि.सं.२०७४ असोज ३ मंगलवार

486 

shares
GLOBAL IME AD
NTC AD

biratnaar

३ असोज, विराटनगर । विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले ‘सुरक्षित महानगरपालिका अभियान’ शुरु गरिएको छ ।

महानगरपालिका र सुरक्षा निकायको संयुक्त पहलमा यही असोज १ गतेदेखि तीन महिनासम्म सञ्चालन रहने सो अभियानका प्रमुख संयोजकमा महानगर प्रमुख भीम पराजुली र सहसंयोजकमा प्रजिअ रामप्रसाद आचार्य रहनुभएको छ ।

त्यसगरी सो अभियानका सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महानगरपालिका, नेपाल पत्रकार महासंघ र इप्रका रानीका प्रमुख छन्् ।

महानगरप्रमुख पराजुलीले विराटनगरलाई भयरहित र सुरक्षित बनाउने उद्देश्यले अपराधका ४१ क्षेत्र छनोट गरी छ समूह गठन गरी तिनका पनि संयोजक तोकिएको जानकारी दिनुभयो ।

सोअनुसार चोरीसँग सम्बन्धित विषयका संयोजकमा प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइराला तथा सार्वजनिक स्थानमा दुव्र्यव्यहार, यौनजन्य गतिविधि, बालबालिका र साइबर अपराध विषयका संयोजकमा प्रहरी निरीक्षक जमुना बस्नेत रहनुभएको छ ।

गुण्डागर्दी, चन्दा असुली, लागुऔषध दुव्र्यसन, कारोबार र वैदेशिक रोजगारमा हुने ठगी अपराध नियन्त्रणका लागि नगर प्रहरी कार्यालयका प्रमुखलाई संयोजकमा तोकिएको छ । सवारीसाधनमा भाडा ठगी, खाद्य पदार्थमा मिसावट, कालोबजारी, कृत्रिम अभाव, सरकारी कार्यालयमा हुने दलाली, अस्पतालमा हुने ठगी र मानवीय अंग बेचबिखन विषयका संयोजकमा सहायक प्रजिअ शेषनारायण पौडेल हुनुहुन्छ । ट्राफिक व्यवस्थापनसम्बन्धी संयोजकमा जिल्ला ट्राफिक कार्यालयका प्रमुखलाई तोकिएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाको संयोजकत्वमा सडकको नाला, फोहोरमैला, सडक तथा हटियाको व्यवस्थापन र खाल्डाखुल्डी पर्नेलगायत विषय
राखिएको छ । सो अभियानको सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रण कक्ष रहने बताइएको छ ।

वि.सं.२०७४ असोज ३ मंगलवार ०८:१५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...