Logo
२१ मंसिर २०७८, मंगलवार
     Tue Dec 7 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए उपाध्यक्षमा मस्कोबाट सपिला राजभण्डारीको दाबी



sapila-rajbhandari

गैरआवासीय नेपाली संघको आगामी आठौँ विश्व सम्मेलनले चयन गर्ने नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा रुसमा कार्यरत सपिला राजभण्डारीले उम्मेदवारी घोषणा गरेकी छिन् । सातौँ विश्व सम्मेलनले महिला उपाध्यक्षको पद सिर्जना गरेको छ । क्रियाशिलता र क्षमताका आधारमा उनी एक्लो उम्मेदवार देखिएकी छिन् ।  एनआरएनएको विभिन्न कार्यक्रमहरुमा सँधै जसो देखिने राजभण्डारीले एनआरएनएको योजनाका साथै विशेष गरी प्रवासमा कार्यरत महिलाको मुद्धामा क्रियाशिल रहने बताएकी छिन् । उनले घोषणापत्रमा १००० भन्दा बढी संख्यामा महिला श्रम रोजगार भएको देशमा नेपाल राजदूतावाशको संरचनामा आपतकालीन सुरक्षा गृहको स्थापनाको जोडदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

यस्तो छ सपिला राजभण्डारीद्वारा जारी घोषणापत्र 

गैर आवासीय नेपाली संघ,

अन्तर्राष्ट्रिय समन्वय परिषद्को

उपाध्यक्ष्य पदमा उम्मेदवारीको लागि मेरो घोषणा पत्र

आदरणिय अग्रजहरु, गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनी र प्रिय मित्रहरु,

म, सपिला राजभण्डारीको हार्दिक नमस्कार |

विश्वभरि छरिएर रहेका ५० लाख नेपालीहरूको संजाल, “नेपालको लागि नेपाली” भन्ने मूल नाराका साथ सन् २००३ सालमा स्थापित गैरआवासीय नेपाली संघ, आज प्रवासी नेपालीहरूको पहिचानको भावनात्मक अभियान मात्र नभई, नेपाल र समस्त नेपलिहरूको सामाजिक, सास्कृतिक र आर्थिक समृद्धिको एक अभिन्न अंग बनेको छ।“विविधतामा एकता” रहेका, संसारभर नेपाली भाषा, कला, परम्परा र संस्कृतिको विकाशको निमित्त अभिप्रेरित र संगठित हामी, दुर्भाग्यवश मातृभूमिमा पर्नगएका प्राकृतिकप्रकोप र विपदको बेलामा पनि सहयोग र राहतका निमित्त देशबासीसंग दुख बाडन सदैव तयार छौ।

गैर आवासीय नेपाली संघले गरेका क्रियाकलापले नै यस संगठनको औचित्य तथा अपरिहार्यताको नेपाली जनता र सरकारले उच्च मूल्यांकन गरेका छन। यस संगठनलाई यो उचाईमा पुर्याउन हाम्रा संस्थापक अग्रजहरूको दूरगामी सोचाई, अथक मिहेनत, समर्पण र असिम योगदानका साथ हामि सबैको हाम्रा पूर्वज प्रतिको श्रद्धा, आफ्नो भाषा,संस्कृति र पहिचान प्रतिको लगाव, देशभक्ति र हामी बिचको अभूतपूर्व एकता, नेपाली जनताको सद्भाव र सरकारको सहयोगले नै सम्भव भएको हो।

कूटनीतिक पृष्ठभूमिको परिवारमा जन्मिएर हुर्किएकी हुनाले विभिन्न देशमा रहेका नेपालीहरूको अवस्था प्रति वाल्यकाल देखि नै परिचित छु। गैर आवासीय नेपाली अभियानका सिद्धान्त, उद्धेश्य र संस्थापक अभियन्ताहरूबाट अत्यन्त प्रभावित भई यस संगठनको प्रास्थान विन्दु रुसको राष्ट्रिय समन्वय परिषद संग स्थापना काल देखि नै आवद्ध छु। विशेषत: महिला हक, हित र सशक्तिकरणको लागि काम गर्न सदैव तत्पर रहिकी मलाई गैर आवासीय अन्तर्राष्ट्रिय समन्वय  परिषद्को २०१३ देखि हाल सम्म दुई कार्य अवधि महिला संयोजकको पदमा निर्विरोध निर्वाचित गरि सेवा गर्ने मौका दिनु भएकोमा म एन आर एन मित्रहरू प्रति  कृतज्ञ छु।  मेरो शैक्षिक र सामाजिक क्षेत्रमा संलग्नताको छोटो विवरण यहि साथमा अलग्गै संलग्न गरेकी छु।

मेरो १४ वर्षको गैर आवासीय नेपाली संघको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदमा काम गर्दाको अनुभवका साथै विभिन्न सामाजिक संघ संस्थाहरू संगको आवद्धताले प्रवासी नेपाली, युवा र महिलाहरूको आधारभूत आवश्यकता संग राम्ररी अवगत छु।ICC परोपकारी कार्य दलको (२०११-२०१३) सह संयोजक र अन्तर्राष्ट्रिय महिला संयोजक भई नेपालमा स्वास्थ्य शिविर र जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोप र विपदको बेलामा नेपालमा रहेर स्थलगत राहत कार्य गर्दा आम नेपाली जनताको दैनिक जीवन, समस्या र संघर्षहरू नजिकबाट अवलोकन गर्ने मौकाले देश र देशबासी प्रति आफ्नो कर्तव्य र उत्तरदायित्त्व अझ बलियो भएर आएको छ। रुसमा नेपालि संस्कृति र वास्तुकलाको प्रतिक “नेपाल हाउस” को निर्माणमा मेरो संयोजकता र सक्रियतालाई कदर गर्दै नेपाल पर्यटन बोर्डले रुसको लागि मलाई HPRRनियुक्त गरेकोले नेपालको कला, संस्कृत र पर्यटनको प्रवर्धन क्षेत्रमा काम गर्दा अत्यन्त आत्म सन्तुष्टी महशुश गरेकी छु।अन्तर्राष्ट्रिय महिला संयोजकको पदमा रही गरेका कार्य विवरण यही संलग्न गरेकी छु।

मैले गरेका कार्यहरूको मुल्यांकन गर्दै ऎकवध्यता पत्रिकाले सन् २०१५ को Best NRN award र Nepali nepali.com ले “युरोप वर्ष व्यक्तित्व” ले सम्मानित गरेको छ। मैले गरेका कार्यहरू अग्रजहरूको मार्गदर्शन, एनआरएन मित्रहरूको सहभागिता, सहयोग र सुभेक्षालेमात्र सफल भएका हुन।अहिलेसम्म गरिएका कार्यहरूको निरन्तरता, महिला सशक्तिकरण र गैरआवासीय नेपाली अभियानको आधुनिकरणको निमित्त यस गौरवमय संस्थाको मानमर्यादा र परम्परालाई कदर गर्दै र आफूले गरेका कामको अनुभवको आधारमा अब अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा रही काम गर्न सक्षम छु भन्ने आत्मविश्वास जागेको छ।यहि अक्टोबर महिनामा हुन गइरहेको गैरआवासीय नेपाली संघको आठौ महाधिवेशनमा २०१७-२०१९ को ICC कार्यसमितिको निर्वाचनमा महिला तर्फबाट उपाध्यक्ष्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु।यसपदको लागि मेरा प्राथमिक कार्ययोजना निम्न प्रकारको हुनेछन्:

बैदेशिक रोजगारीको क्रममा नेपाली महिलाहरुको समस्याको समाधान र समस्त महिलाहरुको हक, हीत , अधिकार, समुन्नति र सशक्तिकरण नै मेरो प्रथम प्राथमिकता हुनेछ. यस क्षेत्रमा मैले ICC महिला संयोजकको रुपमा गरेका कामको निरन्तरता, उपाध्यक्ष्य पदमा रही अझ प्रभावशाली ढंगले गर्न सकिने विश्वास रहेको छ. यस क्षेत्रमा गर्नुपर्ने कार्य निम्न प्रकारका छन्:

1)   बैदेशिक रोजगारमा रहेका महिलाहरुले सबै एन आर एन हरु सरह विभिन्न समस्या खेप्नुको साथै अन्य मानसिक, शारीरिक र यौन उत्पीडनको शिकार हुनु परेकोले नेपाली सरकार, दूतावास , NCC र महिलाहरुको क्षेत्रमा काम गर्ने सम्बन्धित देशका सरकारी, गैर सरकारी कल्याणकारी संस्थाहरु संग महिलाहरुको कानुनी अधिकार र उद्धारको निमित्त समन्वय कार्यक्रमको संरचना तयार पार्नेछु। १००० भन्दा बढी संख्यामा महिला श्रम रोजगार भएको देशमा नेपाल राजदूतावाशको संरचनामा आपतकालीन सुरक्षा गृहको स्थापनाको जोडदार प्रयास गर्ने छु।

2) महिला श्रम रोजगारीहरुको स्वास्थ्य बिमामा गर्भवती अवस्था र प्रसुति खर्चका साथै नवजात शिशुको स्वास्थ्य तथा चिकित्सा व्यय पनि समावेश गर्नु पर्ने व्यवस्थाको पहल गर्ने छु।

3) गैर आवासीय नेपाली महिलाका बिदेशमा जन्मिएका सन्तानको नेपाली नागरिकताको हक र नेपालमा अन्य नागरिकले पाउने सम्पूर्ण अधिकार प्राप्तिको निम्ति संघर्षरत रहने छु।

4) अधिकांश नेपाली महिलाहरु बैदेशिक रोजगारीको क्रममा घरेलु काममा संलग्न हुनु पर्ने अवस्थामा, उनीहरुको कार्य क्षेत्र स्तरको विकासको निमित्त नेपालमा अन्य शिल्पकारी पेशाको तालिम केन्द्रहरुको स्थापनाको लागि नेपाल सरकार र सम्बन्धित निकाय संग संयोजन गर्नेछु।

5) गैर आवासीय संघ, अप्रवासिय नेपालीहरुको संगठन मात्र नभई एक नितान्त भावनात्मक अभियान पनि हो। तर अहिले सम्म पंजीकृत सदस्यहरुको संख्या निकै कम भएकोले अझै पनि NRN का सम्पुर्ण पक्षहरु सम्मिलित नभएको अवस्था छ।तसर्थ सदस्य पंजीकृत अभियानलाई अझ सशक्त बनाउन विभिन्न प्रकारका कार्यक्रम र योजना बनाउने छु। हाम्रो संस्थाको भविष्य बिदेशमा नै जन्मिएका हुर्किएका दोश्रो, तेश्रो एन आर एन पिढीहरुको यस संस्थासंगको आवद्धताले भर पर्नेछ। एन आर एनका आगामी कार्यक्रमहरुमा नया पिढीहरुको समस्या, चुनौती र अवसरहरुलाई पनि संवोधन गर्ने बनाउने छु।

6) नेपालको आर्थिक, सामाजिक विकास र परोपकारी कार्यहरुमा NRN ले खेलेको महत्वपुर्ण भूमिका सहर्ष स्वीकार गर्दछु। तर विदेशमा जिवोयापन गर्दै, विभिन्न समस्याहरु झेल्दै आएका हामीहरुले, सामुहिक रुपमा गरे पनि हाम्रो श्रोत, पहुच अति सिमित छ। तसर्थ एन अर एन हरुले नेपालमा आफ्नो कार्य क्षेत्र र सहयोग असिमित रुपमा बढाउन, आफ्नो कर्मभूमिको सरकारी, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सक्रिय सहभागी भई त्यहाँको सरकार र अन्य विभिन्न निकायहरु संग नेपालको विकास र प्रवर्धनको निमित्त निरन्तर lobby गर्नु पर्छ। यसको निमित्त प्रत्येक देशमा त्यहाँ रहेका NRN  बुद्दिजिवि, सफल व्यवसायी, अन्य प्रवुद्ध वर्गका साथै नेपाल प्रेमी स्थानीयहरु सम्मिलित  lobbying ग्रुपको संरचनाको परिकल्पना  तयार पार्ने छु।

7) विभिन्न व्यक्तिगत समस्याका साथै अन्तर्राष्ट्रिय  मानव तस्करी माफियाहरुको जालखेलले ज्ञान, अज्ञानमा निकै ठुलो संख्यामा नेपालीहरु गैर कानुनि अप्रवासियको रुपमा रहनु परेको यथार्थ छ। यस किसिमको गैर कानुनि अवस्थामा कसैको पनि सुरक्षा, हक, हित र आधारभूत मानव अधिकारहरु निकै नै सिमित हुन्छन्।  मैले मानव तस्करी जस्ता अमानवीय गतिविधिलाई निस्तेज पार्नुको साथै, नेपाल र बिदेशमा अप्रवासन नियमहरुको बारेमा यस क्षेत्रका दक्षहरुसंग सहकार्य गर्दै विभिन्न सेमिनार कार्यक्रम गर्नेछु। धेरै संख्यामा गैर कानुनि प्रवासियहरु रहेको देशमा यस समस्याको सहज निकाय र सहयोगको निमित्त NRN र त्यहाको प्रवासीहरुको हक हितमा काम गर्ने मानव अधिकार संघ संस्थाहरु संगको संयोजकतामा कनुनबिधरुको  “सहयोग टिम” स्थापना गर्ने योजना तयार परेकी छु ।

8)बर्षेनी लाखौ युवा नेपालीहरु रोजगारीको निमित्त बिदेसिन परेको अवस्थामा देशको विकास असम्भव छ। तसर्थ नेपाल भित्र नै रोजगारी शृजना गर्ने एन आर एनको सक्रियता र संलग्नतामा विभिन्न आर्थिक विकासका परियोजना ल्याउन नेतृत्वदायी भूमिका खेल्ने छु। यस किसिमको परियोजनामा बिदेशमा आर्जन गरेका ज्ञान, शिप र दक्षता सहित फर्किएका नेपालीहरुलाई नेपालमा नै रोजगारीको अवसर मिल्ने छन्। बैदेशिक रोजगारीको बारेमा नेपालमा अझै पनि धेरै भ्रम, ठगि र गलत सूचना प्रवाह भैरहेको अवस्थामा देशका विभिन्न क्षेत्रमा स्थानीय निकाय, शैक्षिक संस्थाहरु र यस क्षेत्रमा कार्यरत NGO हरु संग मिलेर जागरुक कार्यक्रम संचालन गर्ने छु।

9) संघले गरिरहेका विभिन्न परोपकारी कार्यहरुलाई निरन्तर र अझ प्रभावकारी रुपमा संचालन गर्न नेतृत्वदायी भूमिका निभाउने छु।

10) NRN का समस्या, चुनौती र हक हित, बैदेशिक रोजगारीहरुको श्रम अधिकार, एनआरएनको नेपाली नागरिकताको निरन्तरता साथै मताधिकारको सुनिस्चता जस्ता क्षेत्रमा नेपाल सरकार र सम्बन्धित निकाय संग समन्वय र सहकार्य गर्नेछु।

11) नेपाली अर्थतन्त्रमा एन आर एनको ज्ञान, शिप, श्रोत र साधन मात्रै नभई बैदेशिक लगानीको लागि उपयुक्त वातावरण बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्र तथा सरकारी निकायहरु संग संयोजन र सहकार्यका थप योजना बनाउने छु। नेपाली उत्पादनको निर्यात तथा एन आर एन ब्यापारी समुदायको विकास, बिस्तार, समन्वय र पारस्पारिक सहयोगको निमित्त प्रत्येक NCC मा “Businessmen club” को स्थापनाको संकल्पना तयार पारेकी छु ।

12) नेपाली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रवर्धनको निमित्त बिदेशमा कम्तिमा पनि २-३ बर्षको अन्तरालमा नेपाल संस्कृति दिवस, नेपाली मेला महोत्सव जस्ता कार्यक्रमहरुको आयोजना गर्न नेपालमा सम्बन्धित मन्त्रालय, पर्यटन बोर्ड र बिदेशी सरकारी संघ संस्थाहरु संग संयोजन र सहकार्य गर्न प्रत्येक राष्ट्रिय समन्वय परिषद्मा सक्रिय संस्कृतिक समितिको संरचना तयार पार्ने पहल गर्नेछु।

13) मेरा माथि उल्लेखित प्राथमिक महत्वका काम बाहेक हाम्रो संघले गरिरहेका नियमित परोपकारी र अन्य सांगठानिक कार्यहरुमा मेरो सक्रिय नेतृत्वदायी भूमिका रहनेछ। गैर आवासीय नेपाली संघलाई अझ व्यवस्थित , आधुनिक, सामुहिक र सह्भागीमुलुक र यस अभियानलाई सशक्त रुपमा अगाडी बढाउन हरदम प्रयत्नशील रहने छु।

प्रिय मित्रहरु,

गैर आवासीय नेपाली संघ प्रति मेरो समर्पण, निष्ठा र लगाव म कुनै पदमा हुनु संग संवन्धित छैन।  हाम्रो संगठनको प्रछन्न क्षमताले नेपालको सर्वमुखी बिकासमा असिम योगदान दिन सक्ने कुरामा म  पूर्ण विश्वस्त छु। मैले जाहेर गरेका प्रतिवद्धताहरु प्रभावशाली रुपमा कार्यान्वयको निमित्त आफुले नै नेतृत्वदायी उत्तरदायित्त्व लिनु पर्दछ। आशा एवं बिश्वास छ  गैर आवासीय नेपाली अभियानको बिस्तार र सुदृढताको निमित्त मलाई यस गौरवमय संस्थाको उपाध्यक्ष्य पदमा रहेर सेवा गर्ने अवसर दिनु हुनेछ. । मेरो कार्य सफलता अग्रजहरुको मार्ग दर्शन र  मित्रहरुको सहयोगले मात्रै सम्भव छ।

तपईहरुको प्रेम, सद्भाव, सहयोग, समर्थन र सुभेक्ष्या प्रति म सदैव आभारी छु।

धन्यवाद

सपिला राजभण्डारी

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बैतडी । दशदिन अघिमात्र प्रेम विवाह गरेका नवविवाहित जोडीको सवारी दुर्घटनामा परि मृत्यु भएको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

अमेरिका । अमेरिकामा गाडीकोठक्करबाट एक नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा बस्ने आङकामी शेर्पाको

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट