back

पूर्बप्रवासी नेपालीहरुलाई पनि राष्ट्रसेबामा सहभागिताको अबसर दिनुपर्ने आजको आबस्यकता

वि.सं.२०७४ असोज ४ बुधवार

513 

shares

tika-ji

मातृभूमिबाट पनि अपहेलित र कार्यरत देशबाट पनि अमर्यादित बनी दुईढुंगाको बीचको तरुल जस्तै बनेर बाचीरहेका छन प्रवासी नेपालीहरु

४ असोज, काठमाडौँ । अब स्थानीय तहको चुनाब सम्पन्न पश्चात आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको चर्चाहुन लागि रहेको छ । बजारमा आगामी चुनाबमा को ? कहाँ ? आदि इत्यादि बहस र छलफल सुरु भैसकेको अबस्था छ । हरेक दलका संंभावित उम्मेदवारका नामहरु मिडियाले प्रचार ग़रीरहेका छन । संंभावित उम्मेदवारहरु पनि आ– आफ्नो ढँगले आफ्नो पहुँच र शक्तिको प्रयोग गरिरहेका छन । राजनितिक दलहरु भित्र पनि उम्मेदवार चयन सम्बन्धी चर्चा र छलफल शुरू भैसकेको अबस्था छ । आगामी चुनावमा राष्ट्रिय सोच बोकेका , आंफैमा भिजन र मिसन भएका, योग्य ,सक्षम , सृजनसिल ब्यक्तित्वहरुलाई राजनीतिक दलहरुले उम्मेदवार चयन गर्नु पर्छ भन्नेकुरामा कसैको दुइमत सायद हुँदैन होला । यहाँ समावेशी भन्दै गर्दा सामान्यतः सम्पुर्ण जात, जाती , भाषा, भाषी , धर्म , लिङ्ग , समुदाय आदि बुझिन्छ । तर यतिले मात्रै समाबेसीता पूर्ण हुँदैन । यहाँ मैंले एउटा क़ुरा थप्न चाहेको छू अर्थात राज्य र राजनैतिक दलहरुको ध्यानाकर्षण पनि गर्न चाहेको छु ।

भनिन्छ मुलुकको कुल जनसंख्याको एक तिहाई मुलुक बाहिर छन । उनीहरुको रेमिट्यान्सले मुलुक धानिएको छ । मुलुककको हरेक परिबर्तनमा प्रवासी नेपालिहरुको ठुलो योगदान रहेको छ । तर आज तिनै प्रवासी नेपालीहरु कार्यरत देसमा अपमानित छन । अमर्यादित छन । उनीहरुले आजपनि प्रवासी अधिकार बाट बंचित छन । तर राज्यले कहिल्यै यिनीहरुको बारेमा चर्चा गरेको छैन ।

ति हुन प्रवासी नेपाली । प्रवासी भन्नाले सामान्यरत रूपले वा सहजै बुझ्न सकिन्छ । उनीहरु जिबिकापार्जनको लागि मातृभुमि छोडेर सीमानापारि परभूमि गएका प्रवासीएका नेपालीहरु हुन । यिनी प्रवासी नेपालिहरुको संख्या पनि ठुलो छ । भनिन्छ मुलुकको कुल जनसंख्याको एक तिहाई मुलुक बाहिर छन । उनीहरुको रेमिट्यान्सले मुलुक धानिएको छ । मुलुककको हरेक परिबर्तनमा प्रवासी नेपालिहरुको ठुलो योगदान रहेको छ । तर आज तिनै प्रवासी नेपालीहरु कार्यरत देसमा अपमानित छन । अमर्यादित छन । उनीहरुले आजपनि प्रवासी अधिकार बाट बंचित छन । तर राज्यले कहिल्यै यिनीहरुको बारेमा चर्चा गरेको छैन । यिनीहरुको हक, हितको बारेमा बोलेको छैन । अहिले सम्म कुनै नीति बनाएको छैन ।

परिवर्तनकै लागि ,नेपाल र नेपालीकै लागि अंशकालीन र पुर्णकालिन रुपमा रहेर समेत सेबामुलक भाबनाले काम पनि गरिरहेका छन । प्रवासी नेपालीहरु सँग यथेष्ट ज्ञान प्राप्त भएको छ । उनिहरुसँग सिप र तालिम छ । उनीहरु लगनसिल , सीधासाधा र उच्च भाबना बोकेका इमान्दार हुन्छन । उनीहरु जिम्मेबार बहन गर्न खप्पीस हुन्छन । उनिहरुसङ्ग विभिन्न मुलुकको बिकास र परिबर्तन देखेको जानेको भोगेको आधारमा अनुभबका खानी नै बनेका छन । आज धेरै प्रवासी नेपालीहरु दे फर्कि सकेका छन ।

यसरी मातृभूमिबाट पनि अपहेलित र कार्यरत देशबाट पनि अमर्यादित बनी दुईढुंगाको बीचको तरुल जस्तै बनेर बाचीरहेका छन प्रवासी नेपालीहरु । यहां सम्पन्न मुलुकहरुमा उच्च शिक्षा हासिल गर्न जानेहरू , राम्रो कामको अबसर प्राप्त गरी वा खोजीको लागि जानेहरू , डिभी चिट्ठा परेर आफ्नो देसकै नागरिकता त्यागेर जानेहरू एक थरिका नेपालीहरु छन । भने अर्काथरी खाड़ी मुलुक लगायतका देशहरूमा पसीना बगाउने लाखौं नेपाली श्रमिकहरु छन । उनीहरुको पनि छुटैखाले समस्या , दुःख , बेदना रहेका छन । अर्को भनेको भारत प्रवासमा रहेका प्रवासी नेपालीहरुको अबस्था दुःख बेदना झनै करुणादायी छ । संख्यात्मक रूपले हेर्दा सबै भन्दा ठुलो संख्या यहीँ रहेको छ। भारत प्रवासका प्रवासी नेपालिहरुको त लेखाजोखा नै छैन । उनीहरुको कुनै अभिलेख पनि छैनन । खुला सिमानाका कारण बिना अभिलेखीकरण आवात जावत दिनचर्या नै बनेको छ। कहाँ कति गए ? कति छन ?कतिमरे ?कति मारिए ? राज्यलाई कुनै मतलब नै छैन । तर जो जहाँ रहेपनी , जति दुःख कष्ट पाएपनी मातृभुमि प्रति सबैको बिभिन्न रूपले योगदान रहेको छ । भारत प्रवासमा सीमा जोडीएको र नजिक भएको हैसियतले अझ बढ़ी योगदान देखिन्छ । यहाँका प्रवासी नेपालीहरु हरेक परिबर्तनमा प्रत्यक्ष सहभागी बनेका छन । आर्थिक , भौतिक , नैतिक सहयोग पुरयाएका छन । परिवर्तनकै लागि ,नेपाल र नेपालीकै लागि अंशकालीन र पुर्णकालिन रुपमा रहेर समेत सेबामुलक भाबनाले काम पनि गरिरहेका छन । प्रवासी नेपालीहरु सँग यथेष्ट ज्ञान प्राप्त भएको छ । उनिहरुसँग सिप र तालिम छ । उनीहरु लगनसिल , सीधासाधा र उच्च भाबना बोकेका इमान्दार हुन्छन । उनीहरु जिम्मेबार बहन गर्न खप्पीस हुन्छन । उनिहरुसङ्ग विभिन्न मुलुकको बिकास र परिबर्तन देखेको जानेको भोगेको आधारमा अनुभबका खानी नै बनेका छन । आज धेरै प्रवासी नेपालीहरु दे फर्कि सकेका छन । उनीहरुले उचीत जिम्मा नपाएको , लाहुरेको रूपले हेर्ने गरेको गुनासो हुंदै आएको छ । आज प्रवासी नेपालीहरु राष्ट्र सेबाका जुनसुकै निकायको जिम्मा दीएपनी कुसल पुर्वक हाँकन सक्ने क्षमता राखेका छन । उनिहरुसँग रहेको भएको योग्यता , क्षमता र दक्षता र प्रवासमा बसेर मुलुकप्रति पु¥याएको  योगदान लाई राज्यले सम्मान गर्नुपर्छ । उनीहरुलाई हरेक ठाउँमा अबसर दिनुपर्छ , देश बनाउने र देश को सेबा गर्ने बिभिन्न निकायमा जिम्मा दिनुपर्छ । मुलुकका राजनैतिक दलहरुले यस बिषयलाई गम्भीर बनेर निर्णय लिन  पनि उत्तिकै आबश्यक छ ।

अब प्रदेश सभा र प्रतिनिधि सभाको चुनाबामा प्रत्यक्ष वा मनोनीत जुनसुकै प्रक्रिया बाट भएपनि पूर्ब प्रवासिहरुलाई सहभागी बनाईनु पर्दछ । यसो गर्न सकियो भने मुलुकको समुन्नत बिकासमा वास्तवममै समावेशि सहभागिता रहेको हुनेछ । यस बिषयमा सबै ठाउँबाट ध्यानाकर्षण हुनु आवश्यक छ ।

वि.सं.२०७४ असोज ४ बुधवार ०६:१६ मा प्रकाशित

अबस्था बदल्ने अभिभारा र क.प्रचण्डको जन्मदिन

अबस्था बदल्ने अभिभारा र क.प्रचण्डको जन्मदिन

आज बिहान चाबहिल तरकारी बजारको छेउनेरको चियापसलमा बसिरहेकै बेला दुईजनाले...

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

पशुपालन मुख्यतः ग्रामीण क्षेत्रको जनजीवन र कृषि प्रणाली जोडिएको छ।...

नेपालमा गाँजा खुल्ला नर्गनुका रहस्हयहरु र नेपालले गुमाइरहेकाे अवसरहरु

नेपालमा गाँजा खुल्ला नर्गनुका रहस्हयहरु र नेपालले गुमाइरहेकाे अवसरहरु

गाँजा सेवनका केही नकारात्मक असरहरु क्यानाबिस (गाँजा)सेवनको नकारात्मक असर बारे...

नेपालमा रैथाने बाख्रापालनको  वर्तमान अवस्था र आर्जनको सम्भावना

नेपालमा रैथाने बाख्रापालनको  वर्तमान अवस्था र आर्जनको सम्भावना

बाख्राको परिचय बाख्रा एउटा घाँसपात खाने स्तनधारी जनावर हो, जसलाई...

जीवनमा उँचाइ हासिल गर्न न्यायाधिस टिएन कुँवरको १० टिप्स

जीवनमा उँचाइ हासिल गर्न न्यायाधिस टिएन कुँवरको १० टिप्स

उँचाइ हासिल गर्नका लागि न्यायाधिस टिएन कुँवर केही प्रमुख सूत्रहरूलाई...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

किएभ, युक्रेन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम...