Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

चाडपर्व विशेष सुरक्षा योजना लागू



४ असोज,  ललितपुर । महानगरीय प्रहरी परिसरले नजिकिँदै गएको दशैँं, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन आजदेखि चाडपर्व विशेष सुरक्षा योजना २०७४ लागू गरेको छ ।

जिल्लास्थित विभिन्न स्थानमा घट्नसक्ने घटनालाई समयमै रोक्न उक्त योजना लागू गरेको परिषरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरले आज पत्रकार सम्मेलनमार्फत सो जानकारी गराउनुभयो ।
विशेष सुरक्षाअन्तर्गत बैँंक तथा वितीय संस्थाको सुरक्षा, चोरी नियन्त्रण, जुवातास नियन्त्रणको व्यवस्था, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्नेको नियन्त्रण जस्ता कार्यक्रम रहेको परिषरका प्रमुख ऐरले बताउनुभयो ।

यस्तै गरी सुरक्षाअन्तर्गत जनचेतनामूलक कार्यक्रम जस्तै माइकिङ, घरदैलो, पर्चा पम्प्लेटिङ तथा विभिन्न स्थानमा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिँदै लैजाने उहाँले बताउनुभयो ।

जिल्लाभरि सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरिने योजना रहेको उहाँको भनाइ छ ।
–––


-->

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । आज

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि गरिएको मतदान सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई थप पूँजी लगानी गरी