Logo
२० माघ २०७९, शुक्रबार
     Fri Feb 3 2023
E-paper
  English Edition
   Unicode
Logo

सर्लाहीको कुन स्थानीय तहमा कुन दलको अग्रता?



matganana

४ असोज, सर्लाही । सर्लाहीका २० स्थानीय तहहरुमा मतगणना क्रम जारी छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस ५, माओवादी केन्द्र ४, राजपा ५,नेकपा एमाले ३, संघीय समाजवादी फोरम नेपाल २, र लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले मलंगवा नगरपालिका, धकौल गाउँपालिका रामनगर गाउँपालिका चक्रघटा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा अग्रता लिएको छ ।
त्यसैगरी राजपा नेपालले बलरा नगरपालिका, गोडैता नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका र चन्द्रनगर गाउँपालिकामा अग्रता लिएको छ । एमालेले हरिवन नगरपालिका, लालवन्दी नगरपालिका र इश्वरपुर नगरपालिकामा अग्रता लिएको छ ।
त्यसैगरी माओवादी केन्द्रले बागमती नगरपलिका हरिपुर नगरपलिका बरहथवा नगरपालिका बसवरिया गाउँपालिकामा अग्रता लिएको छ । त्यसैगरी कबिलासी नगरपालिका, र पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ । बिष्णु गाउँपालिकामा भने लोकतान्त्रिक फोरमले अग्रता लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एकिकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल

काठमाडौं । रुपन्देही ओमसतिया गाउँपालिका–२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ काठमाडौंमा मृत अवस्थामा

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू