back

निर्णय प्रक्रियागत नभएको भन्दै एनआरएनए अमेरिकाका बोर्डअफ डाइरेक्टर थापाको आपत्ति

वि.सं.२०७४ असोज ४ बुधवार

447 

shares
GLOBAL IME AD
NTC AD

sanjay-thapa

एनआरएनए अमेरिकाले गरेका निर्णयहरु प्रक्रिया सम्म्त नभएको भन्दै संघकै बोर्ड अफ डाइरेक्टर संजय थापाले आपत्ति जनाएका छन् ।
नजिकिदै गरेको एनआरएनए विश्व सम्मेलनका लागि प्रतिनिधि छनोटका लागि समिति गठन गर्ने सन्र्दभमा ७ सदस्सीय कमिटी गठन भइसकेको निर्णयलाई नजरन्दाज गर्दै युवालगायत क्षेत्रको प्रतिनिधित्व नभएको भन्ने व्यापक जनगुनासो आएको भन्दै बनावटी कुरा गरी मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निणायार्थ प्रस्तुत गर्ने काम गरेको थापाले एक विज्ञप्ति नै जारी गरेर आरोप लगाएका छन् ।
संघका बोर्ड आफ डाइरेक्टर संजय थापाले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ ।

‘अमेरिकावासी दाजु भाइ दिदि बहिनीहरु हार्दिक अभिवादन
सर्वप्रथम भर्खरै सम्पन्न एनआरएन एनसीसीको निर्वाचनमा विजय गराएर यहाँहरुले देखाउनु भएको विश्वासको निम्ती हार्दिक कृतज्ञता व्यक्त गर्दछु l एनआरएनलाइ प्रवासी नेपालीहरुको साझा र सम्मानित संस्था बनाउन आफ्नो ठाउँबाट सकेको कोशिस गर्ने प्रतिवद्धता म सदैव स्मरण गरिरहने छु l सवैको साझा र सम्मानित सँस्था बनाउने विषय भनेको कुनै अमुर्त विषय नभएर सँस्थाले लिने निर्णय र गर्ने कामहरु मार्फत झल्काउनु पर्ने छ भन्ने पनि बुझेको छु l त्यसो भएको हुनाले एनआरएन अमेरिकाले लिने हरेक निर्णय प्रक्रियासम्मत हुनुपर्छ, पारदर्शी र सकारात्मकता उन्मुख हुनुपर्छ भन्नेमा मेरो खवरदारी सदैव रहनेछ l राम्रो काम गर्ने तर प्रक्रिया नपुर्याउने अथवा प्रक्रिया पुर्याउने तर राम्रो काम नगर्ने कुराले हाम्रा सपनाहरुलाइ मुर्त रुप दिन सक्दैनन भन्ने सत्यलाइ सदैव मनन गर्दै आएको छु , र गर्दै जानेछु l त्यही प्रतिवद्धतालाइ स्मरण गर्दै एनआरएन एनसिसीको भर्खरै सम्पन्न बैठकमा पनि संस्थालाइ वलियो बनाउन पर्ने , विधि प्रक्रिया अनुसार संस्थाका निर्णय र कार्यक्रमहरु निर्देशित हुनुपर्ने कुरा म लगायत धेरै साथीहरुले राखेका थियौं , र बिभिन्न विषयहरुमा छलफल गर्दै हामीले निर्णयहरु लिएका थियौं l संस्थागत बैठक र छलफलहरु मार्फत भएका निर्णय आफुलाइ चित्त बुझेपनि नबुझेपनि मान्नु हाम्रो धर्म हो भन्ने सत्यको अनुशरण गर्दै निर्णयहरुको कार्यान्वयनमा जुटदै रहंदा एनआरएन अमेरिकालाइ जस्केलाबाट संचालन गर्न खोज्नेहरुको प्रभावमा परेर फिजिकल बैठकले गरेको निर्णयलाइ परिवर्तन गरि वितण्डा मच्चाउने काम एनआरएन अमेरिकाको नेतृत्व तहबाट नै हुन गएको विषयले चाहिं म लगायतका साथीहरुलाइ अत्यन्त दुखि र आक्रोशित बनाएको छ ।

बिश्व सम्मेलनको लागि प्रतिनिधि छनोट समिति गठन गर्ने सम्वन्धमा फिजिकल बैठकले ७ सदस्यहरु भएको कमिटि निर्माण गरिसकेको विषयलाइ नजरअन्दाज गर्दै बैठकले गरेको निर्णयमा युबा लागायतका क्षेत्रको प्रतिनितित्व नभएको भनि ब्यापक जन गुनासो आएको भन्ने बनावटी कुरा गर्दै मनोमानी ढंगले २ जना सदस्य थपेर इमेलमा निर्णयार्थ प्रस्तुत गर्ने काम गरियो।

उक्त समितीमा को व्यक्ती परे वा परेनन भन्ने ठुलो कुरो हैन तर संस्थागत निर्णय भनेको छलफल मार्फत ,विधि र प्रक्रिया मार्फत हुनुपर्नेमा किन सदस्यहरु थप्ने , थप्दा के मापदण्ड बनाएर थप्ने भन्ने समेतका विषयमा वोर्डका सदस्यहरुले आफ्नो मत राख्न नपाउने जुन परिपाटीको थालनी गर्न खोजिएको छ , त्यो निन्दनीय छ र यसको जनस्तरबाट समेत भण्डाफोर हुनुपर्छ l फिजिकल बैठकले गरेको निर्णयलाइ परिवर्तन गर्दै इमेल मार्फत सहमति जनाउन दवाव दिएर नया निर्णय गर्ने जुन काम भएको छ त्यसले स्थापित विधि र प्रक्रियाको हुर्मत लिने काम गरेको छ l विधि र प्रक्रियाको पक्षमा आवाज उठाउँदै यस्ता खालका कामहरु नहोस भन्ने कुरामा खवरदारी गर्नु हुन समस्त सवैलाइ अनुरोध गर्दछु ।’

संयोजक- वरिष्ठ उपाध्यक्ष सुनिल शाह
सदस्य – उपाध्यक्ष राधा पौडेल
सदस्य – महासचिव वि आर लामा
सदस्य – सदस्य प्रितिसागर खत्री
सदस्य – सदस्य विष्णु शाह
सदस्य – साधारण सदस्य गौरी जोसी
सदस्य – साधारण सदस्य पासागं शेर्पा
– वैठकवाट यति ७ जना निर्णय भएको हो र पछि ईमेलवाट थपेर राय मागेको नाम
सदस्य – सदस्य स्वराज खाती
सदस्य – साधारण सदस्य प्रमोद सिटौला

वि.सं.२०७४ असोज ४ बुधवार १३:१२ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...