५ असोज, अर्घाखाँची । छत्रदेव गाउँपालिकामा एक वृद्धा विभत्स ढंगले हत्या भएको छ । छत्रदेव गाउँपालिका भगवतीको काउले, उपल्लोधारा टोलमा ७७ वर्षीया श्यामकला पाण्डेको विभत्स ढंगले हत्या भएको अवस्थामा घरमै शव फेला परेको छ । मृतकको टाउका र चिउँडोमा गहिरो चोट रहेको छ ।
अज्ञात समूहबाट मंगलबार राति उनको हत्या भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।