back

पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटी बनाइने

वि.सं.२०७४ असोज ५ बिहीवार

207 

shares
NTC AD
Global IME AD

pokhara1

 पोखरा । विश्वप्रसिद्ध पर्यटकीय नगरिकारुपमा स्थापित पोखरालाई मुलुककै पहिलो स्मार्ट सिटीका रुपमा विकास गरिने भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी ९पिपिपी० अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।

पोखरामा बुधबार आयोजित एक कार्यक्रमकाबीच पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल र न्यू आइटी भेन्चरका तर्फबाट कार्यकारी सञ्चालक तादासी मोरीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

‘छरितो शहर हाम्रो अभियान, एनआइटिभीको सहयोगलाई हार्दिक सम्मान’ भन्ने मुख्य लक्ष्यका साथ भएको सम्झौतामा पोखरामा पर्यटन आगमन बढाउन र स्थानीय सुरक्षाको प्रत्याभूतिका लागि सूचना तथा संचार प्रविधिको भरपुर उपयोग गरिने उल्लेख छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको विकासमा सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसमा नगरवासीको महत्वपूर्ण सहयोगको अपेक्षा गर्नुभयो ।

न्यू आइटी भेन्चरका कार्यकारी संचालक दातासी मोरीले पोखराको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् तथा गरिबी निवारण र मानवअधिकारलाई लच्छित गरी दुई वर्षभित्र गुरुयोजना तयार गरिने बताउनुभयो ।

वि.सं.२०७४ असोज ५ बिहीवार ०३:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा...

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि...

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको...