
४ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणना अनुसार श्रेष्ठले एमालेका उम्मेदवारलाई हराउदै अध्यक्षमा विजय भएका हुन् । त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया थिङ निर्वाचित भएकी छन् ।
अध्यक्ष श्रेष्ठले २८०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका लालबहादुर श्रेष्ठले २३६३ मत ल्याए यसै गरि
उपाध्यक्ष थिङले २४८३ मत ल्याईन भने निकटतम प्रतिद्वन्दी एमालेले २३०२ ल्याएकी छन् ।