back

काँग्रेस कार्यकर्तासँगको झडपमा राजपा कार्यकर्ताको मृत्युु

वि.सं.२०७४ असोज ५ बिहीवार

840 

shares

५ असोज, रौतहट । कटहरिया नगरपालिकामा नेपाली काँग्रेस र राजपाका कार्यकर्ताबीच भएको झडपमा एक राजपा कार्यकर्ताको घटनास्थलमै मृृत्युु भएको छ ।

काँग्रेस कार्यकर्ताको कुुटाइबाट राजपा कार्यकर्ता ५० वर्षीय रामपुुकार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताउनुुभयो ।

बुुधबार साँझ कटहरिया मतगणनास्थलबाट फर्किने क्रममा काँग्रेस कार्यकर्ता र राजपाका कार्यकर्ताबीच भोट दिए नदिएको विषयमा भनाभन भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोही विषय लिएर राति करिब ९ बजे घर पुुगेर काँग्रेसका कार्यकर्ताले आक्रमण गरेपछि राजपा कार्यकर्ता यादवको टाउकामा गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्युु भएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुुभयो ।

मृतकको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले वडा नम्बर ८ का काँग्रेस उम्मेदवार गौरीशंकर यादवका १८ वर्षीय छोरो भुुटा यादव, अनुुठा यादव र बैजुु साहलाई गएराति उनीहरुको घरैबाट नियन्त्रणमा लिएको छ ।

वडाध्यक्षका उम्मेदवार गौरीशंकरसहित केही मानिस फरार रहेको इप्रका गरुडाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गएराति काँग्रेस कार्यकर्ता र अर्का एकजनाबीच भोट कै विषय लिएर भएको झगडा छुुट्याउन गएका रामपुुकार माथि काँग्रेस कार्यकर्ताले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्युु भएको बताउनुुभयो । घटनाबारे प्रहरीबाट थप अनुुसन्धान भइरहेको छ ।

वि.सं.२०७४ असोज ५ बिहीवार ०९:३८ मा प्रकाशित

Himalayan Life AD
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खु्ला...

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकीमा महिलाको उम्मेदवारी कम

गण्डकी । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा...

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

बैतडी दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो

दशरथचन्द (बैतडी) । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको...

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ । मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी...

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

जेनजी अभियान्ता भन्छन्ः निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र...