५ असोज, सिराहा । सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । उक्त गाउँपालिकामा एमालेका रामशरण यादव १ हजार ६ सय ५६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका रामशोगारथ यादवले १ हजार ४ सय ७८ मत प्राप्त गरे ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी निर्वाचित भएकी छन् । उनले १ हजार ८ सय ५५ मत प्राप्त गरिन् । संघीय समाजवादी फोरमकी संजीलाकुमारी यादवले १ हजार ३ सय ३३ मत प्राप्त गरिन् ।