एनआरएनए उत्तर अमेरिकी क्षेत्रिय संयोजकका लागि क्यानडाबाट गिरी बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए क्यानडाका उपाध्यक्ष तथा जनजाती महासंघ संघ क्यानडाका अध्यक्ष समेत रहेका बुढाथोकी लामो समयदेखि क्यानाडामा व्यवसाय संचालन गरेर बसेका छन् ।
क्यानडाका नेपालीबीच परिचित रहेका बुढाथोकीले उत्तर अमेरिकामा रहेका नेपालीहरुलाई एकिकृत गर्दै सामाजिक रुपमा सक्रिय रहने प्रतिबद्धता समेत गरेका छन् । ‘प्रवासमा रहेका नेपालीको हक हितमा काम गर्न म प्रतिबद्ध छु’ गरिले भने, ‘यो पटम मलाई साथ र सहयोग पु¥याइदिनु हुन सबैमा अपिल गर्दछु ।’
वि.सं.२०७४ असोज ६ शुक्रवार ०२:५७ मा प्रकाशित