back

भवानी शंकर तिवारीद्धारा एसिया संयोजकमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०७४ असोज ६ शुक्रवार

363 

shares
NTC AD
Global IME AD

bhabani shankar

गैरआवासीय नेपाली संघको एसिया संयोजकमा मलेसियाबाट भवानी शंकर तिवारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका तिवारी एनआरएनए मलेसियाको दुई कार्यकाल कार्यकारी सदस्य, दुई कार्यकाल उपाध्यक्ष तथा २०१३–०१५ मा आइसीसी सदस्य रहेर काम गरिसकेका छन् । ८ लाख नेपाली रहेको मलेसियाबाट केन्द्रीय कार्यकारी सदस्यको पद समेत नदिनु लज्जास्पद कुरा रहेको बताउँदै आठौं विश्व सम्मेलनमा आफूलाई विजयी गराउन सम्पूर्ण एनआरएनएहरुलाई आफ्नो घोषणापत्रमार्फत अनुरोध समेत गरेका छन् ।

उनको घोषणापत्र जस्ताको तस्तै :

हामीले हरेक बर्ष मनाउँदै आएको बुद्धजयन्तीलाई निरन्तरता दिनेछु ।

नेपाली कला सस्कृतिलाई बिश्वसामु पु¥याउनको लागि पहल गर्ने छु ।

मैले एशिया प्रशान्त क्षेत्रका १५ राष्ट्रका कार्यसमितीसँग सहकार्य गर्दै बैदेशिक रोजगारलाईलाई व्यवस्थित र मर्यादीत बनाउने पहल गर्दै कल्याणकारी कोषलाई मजबुत बनाउने अभियानलाई निरन्तरता दिनेछु ।

बैदेशिक रोजगारीको प्रमुख गन्तव्य र ५० लाख एनआरएन मध्ये ८ लाख जनसंख्या भएको मुलुकलाई अभियानको १५ बर्षसम्म पनि अन्तरास्ट्रिय समन्वय परिषदको कार्यकारी पद नदिनु लज्जास्पद कुरा हो म सम्पूर्ण एन आरएनए अग्रजहरुमा बिनम्र अनुरोध गर्दै यस आठौं बिश्व सम्मेलनमा सहयोग गरि मलेशियाका उमेदवारलाई विजय गराउनु हुनेछ भन्ने मैले आसा लिएको छु ।

मलेसियामा भएका बिभिन्न संघसस्थासँग हातेमालो गर्दै नेपाली दूताबास सँग सहकार्य गरी श्रमिकका हरेक समस्या समाधानको लागि पहल गर्ने छु ।

म कुनै कार्यकारी पदमा रहे वा नरहे पनि उत्तिकै सक्रिय भुमिका निर्वाह गर्दै आएको कुरा अबगत गराउँदै यस अभियानको निरन्तरताको लागि मेरो उमेदवारी हो ।

नेपालमा परेका हरेक आपत बिपतमा मैले सहयोग पु¥याउदै आएको कुरा पनि यहाहरु समक्ष जगजाहेर नै छ । हाम्रो मुख्यालय बनाउन मलेशिया बाट मेरो अगुवाईमा ठूलो धनरासीको बोलकबोल भएको र धेरै दाखिला भैसकेको र बाँकी रकम पनि छिट्टै जम्मा गरिने कुराको जानाकारी गराउँदै मैले २०१५–२०१७ कार्यकालको लागि एसिया सहसँयोजक पदमा उमेदवारी दिएकोमा झिनोमतान्तरले पराजय हुनुपरेको थियो ।

गैर आवसीय नेपाली संघ एसिया संयोजकमा म भवानि शँकर तिवारीले उमेदवारी घोषण गरेको कुरा यहाहरु समक्ष अबगत गराउदछु । गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै कर्मथलो मलेशियाबाट दुई कार्यकाल कार्यकारी सदस्य र दुई कार्यकाल उपाध्यक्ष रहि २०१३–२०१५ मा अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य भै संस्थालाई सहयोग पु¥याउँदै आएको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छु ।

एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।

एसिया प्रशान्त क्षेत्रका साथीहरुलाइ एकिकृत गरि संयुक्त लगानीको लागि पहल गर्ने छु ।

हाम्रा सामु चुनौतिहरु प्रसस्त छन र ती चुनौतीहरुलाइ अवसरहरुको रुपमा लिएर त्यसको ब्यवस्थापनमा निरन्तर लाग्नेछु । यिनै उदेश्य प्राप्तीका लगि मैले आगामी कार्यकाल २०१७–२०१९ का लागि एशिया प्रसान्त संयोजकमा उम्मेदवारी दिएको हुँ । अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

भवानि शंकर तिवारी
ऊमेद्ववार
एशिया प्रसान्त क्षेत्रीय संयोजक

वि.सं.२०७४ असोज ६ शुक्रवार ०३:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...