Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

घरेलु मैदानमा रियल किन खराब नतिजाट गुज्रिएको छ त ? यस्तो छ कारण



ronaldo

६ असोज । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले यो सिजन अपेक्षा अनुसार प्रर्दशन गर्न सकेको छैन् । जसकारण रियल लिगमा पहिलो स्थानमा रहेको वार्सिलोना भन्दा ७ अंक पछाडि परिसकेको छ । रियलको खेल खस्केको छ । कमजोर प्रतिद्वन्दी सँग समेत आफ्नै घरमा पराजित हुनुले रियलको आलोचना तथा हारको कारण बारे हरेक वृत्तमा चर्चा परिचर्चा हुन् थालेको छ । रोनाल्डोको आगमन पछि राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेको रियलल रोनाल्डाको आगमन पछि समेत राम्रो प्रदर्शन गर्न सकेन । आखिर किन त ? यसबारे हरेक कोणबाट चर्चा भईराखेको छ । यसबारे दुई कारणबाट चर्चा हुन थालेको छ ।
पहिलो कारण स्तरीय स्ट्राईकर नुहुनु
मोराटाको चेल्सी बहिगर्मन तथा अर्का स्ट्राईकर मारिएनो डाएजको लियोन बहिर्गमनले गर्दा रियलमा बेन्जेमा बाहेक स्तरीय स्ट्राईकर छैनन् । बेन्जेमा समेत चोटका कारण मैदान भन्दा बाहिर छन् । जसकारणले गर्दा रियलको अग्र पंक्ति सम्हाल्ने खेलाडीको अभाव रहेको छ । निरन्तर ४ -३- ३ को फर्मेशनमा खेलिरहेको कारण नयाँ फर्मेशनमा जम्न सकेको छैन् । ईस्कोलाई फ्रि रुपमा मैदानमा छोड्दा खेलको तालमेल मिलेको थियो तर लेभान्टे र भ्यालेन्सिया सँगको खेलमा रोनाल्डो नहुनुले ईस्को विङमा खेलेका थिए । त्यस्तै रियल बेटिससँगको खेलमा रोनाल्डोले सेन्ट्रल स्ट्राइकरको रुपमा खेलेका थिए । त्यसमा रियल भने जम्न सकेनन् । बरु रियल सोसिडाड सँगको खेलमा बोर्जा मायोरलले सेन्ट्रलको रुपमा राम्रो प्रर्दशन गरेका थिए । जसकारण कोचले परम्परागत ४- ४ -३ को फर्मेशनलाई परिर्वतन गर्न खोज्नु गलत निर्णय भयो ।
दोस्रो कुरा दबाबमा खेल्नु
निरन्तर घरमा पराजय बेहोरेको कारण रियलका सर्मथकहरु निराश हुदैँ खेलाडीहरुको आलोचनामा उत्रिएका कारण खेलाडीहरुमा ठुलो दबाब रहेको थियो जुन कुरालाई रियलका खेलाडीहरुले थेग्न भने सकेनन् तर्सथ रियलले पराजय बेहोर्नु प¥यो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा