back

पतरौता नपाको प्रमुखमा फोरम, उपप्रमुखमा राजपा

वि.सं.२०७४ असोज ६ शुक्रवार

348 

shares
NTC AD
Global IME AD

forum

६ असोज, कलैया । पतरौता नगरपालिकामा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।

संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार ६८२ मत प्राप्त गरी विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ता रहनुभएको थियो । उहाँले दुई हजार ५३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा राजपा नेपालकी ईन्दुकुमारी साह विजयी हुनुभएके छ । उहाँले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालकी ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएको छ भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का रहेको छ ।

खड्काले छ हजार ८१८ मत प्राप्त गरेको छ । उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी हुनुभएकको छ । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो । १३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिनुभयो ।

वि.सं.२०७४ असोज ६ शुक्रवार ०७:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

युएईमा आएको बाढीमा परी एक नेपाली युवाको मृत्यु

काठमाडौं । युएईमा वर्षापछि आएको बाढीका कारण एक नेपाली युवाले...

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल...

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारीले...

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

नेप्से परिसूचक निरन्तर ओरालोतर्फ, यी हुन् शीर्ष पाँचभित्र पर्न सफल कम्पनी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...