Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

कृषि होमस्टेबाट ३८ लाख आम्दानी



 

agriculture-home-stay

६ असोज, रामपुर (पाल्पा) । सदरमुकाम तानसेनदेखि करिब १४ किलोमिटरको दूरीमा रहेको कृषि होमस्टेले एक वर्षमा रु ३८ लाख बराबरको आम्दानी गर्न सफल भएको छ ।

खस्यौलीको हिरापोखरामा सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेले गएको वर्ष सो आम्दानी गर्न सफल भएको हो । यहाँ पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटक भित्रन थालेपछि आम्दानी पनि बढ्दै गएको हो ।

सो होमस्टेमा एक वर्षमा आन्तरिक र बाह्य गरी एक हजार ५०० देखि एक हजार ७०० सम्म पर्यटक भित्रने गरेको व्यवस्थापक जनक चौधरी बताउनुहुन्छ । गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको स्वादमा रमाउन यहाँ पर्यटक आउने गरेका छन् । उक्त होमस्टेमा अन्यत्र भन्दा गाउँघरमै उत्पादित कृषिजन्य वस्तुको उत्पादन मात्र पाइने हुँदा पर्यटकको आकर्षण र रोजाइ बनेको हो ।

एक दिन र एक रातका लागि यहाँ नेपाली नागरिकलाई रु दुई हजार २०० र विदेशी नागरिकलाई रु तीन हजार ३०० शुल्क कायम गरिएको छ । छत्तीस जना युवा मिलेर ३५० रोपनी जग्गा खरिद गरी व्यवसाय सञ्चालन गरेका हुन् । विगत पाँच वर्षदेखि शुरु भएको सो व्यवसायमा रु सात करोड बराबरको लगानी गरिएको सञ्चालक चौधरीले बताउनुभयो । हाल त्यहाँ ३०० कुखुरा, तीन बंगुर, दुई भैँसी, दश हाँस, आठ गाई र ६० वटा बाख्रा पालिएको छ । होमस्टे र कृषि फार्ममा १२ जनालाई रोजगारी मिलेको छ ।

अब केही समयभित्र नै बाह्य पर्यटकलाई लक्षित गरेर व्यवस्थित खालको होमस्टे सञ्चालन गर्ने तयारीमा रहेको व्यवस्थापक चौधरीले बताउनुभयो । होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्छ । यहाँ सञ्चालित होमस्टेका कारण गाउँमा उत्पादित कृषिजन्य वस्तु खपत गर्न सजिलो भएको छ । ग्रामीण कृषि उत्थानका लागि यहाँ सञ्चालित कृषि होमस्टेबाट ठूलो टेवा पुगेको छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन