हिजो जब नेपाल आमालाई यि सन्ततिहरुको खाँचो थियो तब यी गैर आवासिय नेपालीहरु आफ्नै देश नेपाल र नेपाली समाजका कथित राजनीतिक नेताहरू लाई गाली गर्दै नेपालको सिस्टम ठिक छैन भनेर आफ्नै मातृभुमीलाई सराप्दै आफ्नो नेपाली भएको एकमात्र पहिचान नेपाली नागरिकता राहदानी च्यातेर आफुलाई शरणार्थी बनाएर बिदेशीका अगाडि गिड्गिडाएर बिदेशी नागरिक भएका थिए ।
६ असोज, काठमाडौँ । गैर आवासिय नेपाली भन्ना साथ नेपाली मुलका बिदेशीनगरिक बुजिन्छ हुन त गैर आवासिय नेपाली पनि नेपालआमाकै सन्तति हुन तर यी नेपाल आमाका यस्ता सन्तति हुन जसले निहित स्वार्थका लागि आफ्नो देशलाई त्यागेर पश्चिमेली उच्च स्तरको रहन सहन अपनाउँदै आएका छन ।
हिजो जब नेपाल आमालाई यि सन्ततिहरुको खाँचो थियो तब यी गैर आवासिय नेपालीहरु आफ्नै देश नेपाल र नेपाली समाजका कथित राजनीतिक नेताहरू लाई गाली गर्दै नेपालको सिस्टम ठिक छैन भनेर आफ्नै मातृभुमीलाई सराप्दै आफ्नो नेपाली भएको एकमात्र पहिचान नेपाली नागरिकता राहदानी च्यातेर आफुलाई शरणार्थी बनाएर बिदेशीका अगाडि गिड्गिडाएर बिदेशी नागरिक भएका थिए । त्यहाँ आफ्नो पहिचान खुलाउन नचाहने या नेपालको नाम लिदाँ सम्म शर्म गर्नेहरु लाई नागरिकमा सामिल गरियो तर उक्त देशको संस्कृतिमा घुलमिल हुन नपाएका त्यहाँ बासिन्दाले पनि अपहेलना गरेपछी बल्ल नेपाली संस्कृतिको याद आयो र त्यहाँ आफ्नो समुदायलाई समेटेर गैह्र् आवासिय नेपालीको स्थापना गरेका थिए ।
जब सम्म उनिहरु सम्पन्नशाली भएनन् तबसम्म केही थिएन जब सम्पन्न शाली भएर पनि उनलाई त्यहाँको संस्कृतिमा घुलमिल हुन अप्ठ्यारो भयो तथा उनीहरू सम्पन्नशाली भएतापनी उताको सभ्यतामा आफ्नोपन नपाउँदा उनिहरु जसले नेपाली नागरिकता च्यातेर ग्रीनकार्ड त्यहाँको नागरिकता अपनाउनेहरु लाई जब फेरि नेपाली नगरिक बन्न मन लाग्यो अनि देशको सम्झना आयो कसरी हुन्छ के गरिहुन्छ नेपालको पनि नागरिकता पाउनका लागि उछल मच्चाए ।
अनि सुरुभयो पैसाको चलखेल कौडीका भाउमा बिक्ने नेता, मन्त्री, सरकारी कर्मचारी र मिडिया सम्मलाई किन्ने काम भयो जसले गर्दा एक सय अस्सी दिन देश देखी बाहिरिएका निमुखा गरिबहरु जसले मात्रदुई बर्षको लागि करार गरेर खाडी तथा मलेसियामा मजदुरी गर्ने मजुरहरू लाई गैरआवासीय नेपालीको बिल्ला भिराए खाडीमा दुई बर्षे श्रमस्विकृती लिएका प्रबासी नेपालीलाई गैरआवासीय नेपाली बनाउने फेरि अरु कोहि हैनन् खाडिमा अलि ठुलो पोजिसन र पैसा कमाउने पढेलेखेका मैहुं भन्ने मुठ्ठी भरीका दाजुभाइको मानसिकतामा फन्फनाईरहेको छ । तिनै मुठ्ठी भरिका गैरआवासीय नेपालीको वकालत गर्दै हिंडने साथिहरु र युरोपियन मुलुकमा रहेका नेपाली मुलका बिदेशी नेपालीहरू लाई सघाएका छन ।
युरोपेली गैर आवासीय नेपालीको आबाज ठुलो बनाउन खाडीका नेपलिहरु लाई प्रयोगमा लिएतापनी खाडीका गैरआवासीय नेपाली सघंहरु ले आपत विपत्ति परेमा नेपालीहरू को सहयोगमा खटेका धेरै उदाहरण छन मजदुर नेपालीहरुका लागी गरिएका कामको लागि खाडीका गैरआवासीय नेपालीहरुको टिमलाई प्रशंसा गर्नु नै पर्छ ।
ओमानको सन्दर्भमा भन्नुपर्दा गैरआवासीय नेपाली संघ ओमानले सबैभन्दा एक कदम अगाडि बढाउने जमर्को गरिसकेको पनि छ । आफ्नो हैकम जमाउने दुतावासलाई नै प्रयोग गरिएको भनिन्छ, हालको ओमानमा दुतावाश खोलिनु पुर्व नै नेपाली सोसल क्लबको बिषयमा ओमान स्थित संघ संस्थाहरुले सामुहिक छलफल गरेर नेपाली सोसल क्लव दर्ता गराउने कुरामा सहमत गरे , तर पछि गैरआवासीय नेपाली सोसल क्लवको नाममा दर्ताको प्रक्रियालाई अगाडि बढायो जसको बिरोध पनि गरियो र साउदि दुतावाशलाई ज्ञापनपत्र समेत बुझाईयो जसका कारण केहि समयकालागि सोसल क्लवको बारेमा कुनै छलफल भएन ।
जब ओमानमा दुतावाश खुल्यो फेरि सोसल क्लवको बिषयमा छलफल उठाएका थिए अनि सहमति पनि नेपाली सोसल क्लब नामदर्ता गर्ने नै भएको थियोे तर पछि अचानक गैरआवासीय नेपाली सोसल क्लवको नाममा दर्ता भईसकेको जानकारी आयो । यहाँ सम्म कि गैरआवासीय नेपाली सघं कै बिधान सोसल क्लवको पनिभयो, तर एउटा प्रश्न चिह्न यहाँ आयो कुनै गैरसरकारी त्यो पनि नेपाली मुलका बिदेशीहरुको बिधान र नेपाल सरकारको बिदेशी कानुनभित्र रहने नेपाली सोसल क्लवको बिधान कसरी एउटै भयो र नेपाली दुतावास र नेपाल सरकारको कानुनभित्र पर्ने सोसल क्लव कसरी गैरआवासीय नेपाली सोसल क्लव हुन गयो ? यसका पछाडि के के कारणबाट को को परिचालित भएका छन बुज्न कठिन छैन ।
नेपाली दुतावास ओमानलाई एकदमै महत्वपूर्ण हुनुपर्ने यो बिषय तर दुतावासले लचकता देखाउनुमा कतै दुतावासकको सहमतिमा त भएको होईन शंकाको बिषय बनेको छ हालको राजदुतले सबैको सहमतिमाजानुपर्ने बताएकी छिन् र गैरआवासीय नेपाली सघं ले पनि केही राजनीति, जातिय, र सामाजिक संस्थाका अलगअलग विभागलाई आफु तिर गराएर आफ्नो स्वार्थ पूरा गर्ने प्रपन्च गरेको पाईएको छ । जसमा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट प्रवासी मचं, राष्ट्रिय जनमोर्चा निकट ओमान नेपाली एकता समाज, विबेकशिल साझा पार्टी ओमान तथा अन्तर्रा्ष्ट्रिय साहित्य समाज ओमान च्याप्टर लगायतको खुल्ला बिरोध रहेको बताईएको छ भने नेपाल सरकार मा रहेका दुबै पार्टी नेपाली काँग्रेसको जनसम्पर्क समिति ओमान र नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको जन प्रगतिशिल मंच लगायत केही जातिबाद र जिल्ला स्तरीय संस्थाले खुलेर नै गैरआवासीय नेपाली सोसल क्लब भएर केही फरक पर्दैन भनेका छन । हुन त “नेपालीकालागि नेपाली“भन्ने नारा सहित धेरै राम्रो कामहरू पनि पिडित नेपालीहरु का लागी गरिरहेको छ ओमान लगाएत खाडीमा समस्यामा परेका नेपालीहरु धेरैलाई उद्धार गरि नेपाल पठाउनु मा ठुलो भुमिका खेलेको छ, जसकालागि प्रशंसा पनि गर्नुपर्छ ।
नेपाल सरकारले के देखेर खाडी लगायत मलेसियामा मजदुरी गर्ने नेपालीहरु लाई युरोपेली नेपालीहरुसँग तुलना गर्याे ?होईन त यो डलरको खेल जस्तै नबुज्ने ले पनि यस्ता सरकारका खेल बुझिरहेका छन तर पोख्न सकिरहेका छैनन् । सरकार तथा सरकारको प्रतिनिधित्व गर्ने दुतावासले पनि उनैलाई सुरक्षा र सुविधा दिने र उनिहरु कै जि हजुरीमा लागेको प्रष्ट देखिन्छ, सरकारले खाडी तथा मलेसियामा मजदुरी गर्ने नेपालीहरु लाई कत्ति चुस्न सक्छ चुसेकै छ, खाडी लगायतका विभिन्न देशमा रहेका दुतावाश देखिन सरकार सम्म उनै आफुलाई नेपाली भन्न सर्मलाएर आफ्नै पहिचानका नेपाली दस्तावेजहरु नागरिकता नेपाली राहदानी लगायत नस्ट गरेर बिदेशी नागरिक बन्ने नेपालीहरु कै पछि लागेको छ तथा दुई बर्षकालागि नेपाल सरकारको इजाजत लिएर महिनैपिच्छे रेमिट्यान्स पठाउने प्रबासी नेपालीहरु माथि सरासर अन्याय गरेको छ ।