back

मलाई साथी भाइले नै छोड्न दिनु हुन्न

वि.सं.२०७४ असोज ९ सोमवार

600 

shares

db-kshetri

गैरआवासीय नेपाली संघको आगामी आठाँै विश्व सम्मेलनले चयन गर्ने नयाँ कार्यसमितिको सचिव पदका लागि ओमानबाट डि.बी क्षेत्रीले उम्मेदवारी दिएका छन् । हाल मध्यपूर्व संयोजक रहेका क्षेत्री प्रवासका श्रमिक नेपाली बीच राम्रो छवि भएका व्यक्ति मानिन्छन् । उनले खाडी राष्ट्रमा काम गर्ने नेपाली कामदारको सानो सानो रकमलाई संकलन गरिनु पर्ने तथा सामाजिक सुरक्षाका विषयमा आवाज उठाउँदै हजारे अभियान सुरु गरेका छन् । उनको हजारे अभियानकै स्वरुप नेपाल सरकारले कामदारहरुको सुरक्षाका लागि सुरक्षा बीमाका लागि सञ्चय कोषसँग सम्झौता गरेको छ । हाल मध्यपूर्व संयोजक रहेका र आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिएका क्षेत्रीसँग ऐक्यबद्धताले गरेको कुराकानी :

यहाँले मध्यपूर्व संयोजक हुँदा आफ्नो जिम्मेवारी कतिको पुरा गरेँ जस्तो लाग्छ ? उम्मेदारी घोषणा गर्नुभएको छ, जित्ने आधार के छन् ?

आज सम्मको इतिहास हेर्ने हो भने मेरो कार्यकाल सफल भन्दा पनि उत्तम रहन गयो । केही कृतिम बिबाद शृजना गर्न खोज्नेलाई पनि मेरो टिम ले असफल पारिदियो । धेरै हद सम्म मजदुरका पक्षमा काम भयो समग्रमा बैदेशिक रोजगारमा गएका मजदुरलाई हेर्ने सराकारी नजर फेरिएको छ । आधार तयार भएको छ अब काम गर्नु पर्छ । र यो ९ ओटा एनसिसी अनि मेरा डिआरसी साथै आइसिसिका साथीहरुको एकमुस्ट मेहनतको फल हो ।

कसैलाई जिताइदिन कसैलाई पदको भोक लागेको पुरा गर्न सहमति हुँदैन । तर माथिल्लो बडी आरसी, डिआरसी, बिस्व एनआरएनए मिल्छ भने त्यो पनि मैले छोड्दा हुन्छ र छोड्न तयार हुनु पर्छ । तर त्यो अवस्था मैले देखेको छैन । मलाई साथी भाइले नै छोड्न दिनु हुन्न ।

यहाँको दिमागले सुर गरेको ‘हजारे अभियान’ कतिको सफल रह्यो ?

 हजारे अभियान एउटा महत्वकांक्षी योजना र एनआरएन अभियानमा आन्दोलन नै हो । यस्सलाई निरन्तरको छलफल र बहसले संसदले नियामावली पारित गरेको छ । श्रम मन्त्रालयमा कानुन नै बन्न छलफल चल्दै छ । सन्चयकोषको अबधाराणा पारित भएको छ तसर्थ यसले सकारात्मक गति लिएको छ । अब केहि समयमा रिजल्ट आउनेमा ढुक्क छु म ।

एनआरएनएले उठाएका कतिपय मुद्धाहरुमा मध्यपूर्वीमा कार्यरत नेपालीहरु असहमत देखिने गरेको पाइन्छ, यहाँलाई के लाग्छ ?

 एनआरएनएसँग असहमती हुनका कारणहरु बुझाइको फरक हो । धेरै हद सम्म अहिले आएर यो बिचारमा परिवर्तन आएको छ । यो दुइ बर्षले केहि आधार तयार पारेको छ जसमा आम श्रमिकको पक्ष मै छ एनआरएनए भन्ने भाबनाको बिकाश भएको छ । अर्को कुरा यसमा नागरिकताको सवालमा कन्फ्युजन थियो । के हामी प्रयोग भएका हौ त ? भन्ने प्रश्न थियो अब त्यसको निराकारण भएको छ । एनआरएनए सँग अब खाडी र मलेसिया छोडेर अरु मुद्दै छैनन । र हुन पनि सक्दैनन । त्यसैले मन नपाराएर ठुस्केर बस्नुको तुक छैन ।

एनआरएनएको यसअघिको परम्परा अनुसार यदि सहमतिका लागि छाड्नु पर्ने अवस्था आयो भने यहाँ छाड्न तयार हुनुहुन्छ ?

सहमति भनेको राम्रोका लागी हुन्छ कामका लागि हुन्छ । अजेन्डामा हुन्छ । अहिलेको आवस्यकता भनेको २१ औ शताब्दी सुहाउँदो बैदेशिक रोजगार कानुन र समाजिक सुरक्षाको प्रत्याभुती । अनि दुइबर्षमा हामीले जग बसालेका कुरा पनि यिनै हुन । त्यसका लागि यो क्षेत्रले नेतृत्वदायी भुमिका पाउनु पर्छ र आज सम्म मध्यपूर्वका सबैको चाहाना डिबी क्षेत्रीलाई अघी सार्नुपर्छ भन्ने नै छ । कसैलाई जिताइदिन कसैलाई पदको भोक लागेको पुरा गर्न सहमति हुँदैन । तर माथिल्लो बडी आरसी, डिआरसी, बिस्व एनआरएनए मिल्छ भने त्यो पनि मैले छोड्दा हुन्छ र छोड्न तयार हुनु पर्छ । तर त्यो अवस्था मैले देखेको छैन । मलाई साथी भाइले नै छोड्न दिनु हुन्न ।

के हामी प्रयोग भएका हौ त ? भन्ने प्रश्न थियो अब त्यसको निराकारण भएको छ । एनआरएनए सँग अब खाडी र मलेसिया छोडेर अरु मुद्दै छैनन । र हुन पनि सक्दैनन ।

 यहाँले जित्नुभयो भने के प्रतिबद्धता व्यक्त गर्नु चाहनुहुन्छ ?

 मैले जित्छु र मैले जिते भने २१औ शताब्दीको सुहाउदो श्रम कानुन बनाउन पहल गर्ने छु । हजारे अभियान लागु हुने स्थितिमा छ यसलाई मजदुर मैत्री बनाउने । समाजिक कोष बनाएर कार्यन्वयनमा लानु । टुरिजम सेक्टरलाई मध्यपूर्वबाट टेवा पुराउने खाल्का अभियान चलाउनु । अनि यो कार्यकालमा हाम्रो शीर ठाडो पार्ने सिन्धुलीगडी बिस. १८ सयको दर्मियानमा नेपाल जोगाउने लडाइ र पर्यटनका हिसाबले बिकसित गर्ने अबधाराणा को कार्यपत्र बनाएर नेपाल सरकार र एनआरएनए अनि त्यस भेगका सरोकारवालाहरु सँग सह्कार्यका लागि पुल बन्ने छु ।

 एनआरएनएमा पछिल्लो समयमा देखिएको राजनीतिकरण र विवादमा यहाँको धारणा के छ ? 

 राजनितीकरण भनेको चाँहीमैले बुझेको छैन । राजनिती नबुझेको र नगर्नेले जनता देशका लागि केहि गर्ने छैनन । मान्छे राजनैतिक प्राणी हो । संस्थामा पो दलिय राजनीति गर्नु हुन्न त । तर अहिले बुझाइ जुन छ गलत छ । अहिलेको खिचातानी यो राजनिती हैन । यो त कुर्सी पावरका लागि खेलिएका गन्दा नाच हुन यसलाई बन्द गर्नु पर्छ ।

एनआरएनएको आगामी सम्मेलनले कस्तो नेतृत्व चयन गरोस् भन्ने ठान्नु हुन्छ ?

कार्यसमिति चयमेरो बुझाइमा राजनितिक कार्यकर्ता आउनु पर्छ तर दुइटा सस्स्थाको कार्याकारी या पदाधिकारी भएर हैन । मेरो हर ठाउमा भन्ने शब्द के हुन भने धार्मिक स्थलमा जाँदा मदिरा लिएर नजानुस । मदिरा पसलमा जादा धार्मिक ग्रन्थ नलानुस । अर्थत एनआरएनएमा आउँदा पार्टी या सँगठनको माइनुट या मेनिफेस्टो नघुसाउनुस । बहस सस्थाको र गर्नु पर्ने अजेन्डामा बहस गर्नुस । तेसैले भन्न नजान्नेले राजनिती बद्नाम गरेका हुन । यहाँ देखेको भनेको तिकडम हो राजनीति हैन । राजनीतिको चेतना भएकाले त्यस्तो हर्कत गर्दैनन । एनआरएनए आफैंमा साझा सस्था हो । यसका पात्र या बिरोधीले कही गलत गरेका छन भने बह्स गरौ, नेतृत्व सही ब्यक्ति पठाउँ । अङ्गुर खान नपाएर अङ्गुर अमिलो छ नभनौं ।

वि.सं.२०७४ असोज ९ सोमवार १०:५४ मा प्रकाशित

अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री

अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री...

एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो

एसिया र विश्वकप यो हातले उचाल्नु छ : कप्तान महतो

महोत्तरी । यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले...

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

काठमाडौँ । बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन कबिर...